HomeFeatured 2परम्परागत सोच र पारिवारिक घेरा तोडेर नौमती बाजामा व्यवसायिक बने महिला

परम्परागत सोच र पारिवारिक घेरा तोडेर नौमती बाजामा व्यवसायिक बने महिला

जोस्ना श्रेष्ठ
बिर्तामोड । हिजो आज शुभ विवाह , ब्रतबन्ध कुनै पनि शुभ साइत तथा शुभ कार्यमा महिलाहरुले ‘नौमती बाजा’ बजाउन शुरु गरेका छन् । समुहमा एकै खाले पोशाक लगाएर महिलाहरूले ‘नौमती बाजा’ बजाउदै गरेको दृश्यले मनमा रोचकता संगसगै आश्चर्य, कौतुहलता र फरकपन अनुभूत गराउँदछ ।
अगाडिका दिनहरूमा हाम्रो समाज तथा घर गाउँमा भएको विवाहसहित शुभ कार्यमा दलित समुदायका पुरूषहरूले मात्र ‘नौमती बाजा’ बजाएको हामीले देखेका थियौँ । यसै परिवेशमा बानी परेर हुर्किएको हामीलाई पछिल्लो समय महिलाहरुले “नौमती बाजा“ बजाएको दृश्य देख्दा फरक , आश्चर्य, अनौठो र रोचक लाग्नु स्वाभाविक हो ।
बिर्तामोडको एक विवाह समारोहमा समुहमा नौमती बाजा बजाउदै गरेको अवस्थामा भेटिनु भएकी ‘पूर्वेली महिला नौमती बाजा संस्था’ बिर्तामोड २ का उपाध्यक्ष मिरा चौलागाई विगत चारवर्ष अघिदेखि नौमती बाजा बजाउदै आएको बताउनु हुन्छ ।
वहाँहरूले शुरुवाती दिनमा समूहमा रहेर नौमती बाजा बजाउनु हुन्थ्यो रे । हाल आएर दुईबर्ष अघि बैधानिक रुपमा संस्था दर्ता भएको जानकारी दिनुभयो  ।
नौमती बाजा बजाउन गृह जिल्ला बाहेक अन्यत्र बाहिरी जिल्ला र भारतको सिक्किम, दार्जिलिङ,मिरिक सम्म पुग्ने गरेको उपाध्यक्ष चौलागाई सुनाउनु हुन्छ । एउटा विवाह सम्पन्न गराउदा स्थानीय स्तरमा गाडी भाडा बाहेक तीस हजार देखि माथि र बाहिर बाट भने एक लाख सम्म सेवा शुल्क प्राप्त भएको अनुभव सुनाउनु भयो ।
संस्थाकी सचिव मनिषा पाठक सिटौलाले ‘लोक बाजाको संरक्षण’ ‘जातीय विभेद र लैंगिक विभेद अन्त्य’ गर्न साथै महिलाहरूलाई आय मुलुक काममा स्थापित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनु भयो । ‘दलित तथा पुरूषहरूले मात्र होइन अन्य जातिको महिलाहरुले पनि यस्तो काम गर्न सक्छ’ भन्ने समाजमा संदेश दिन नौमती बाजा बजाउन शुरु गरिएको वहाँ बताउनु हुन्छ ।
सचिव सिटौलाका अनुसार यस संस्थामा हाल २२ जना सदस्यहरु रहेका छन् । ११÷११ जनाको टोली बाँडिएर शुभ विवाह, ब्रतबन्ध र अन्य शुभ कार्यमा बाजा बजाउने गर्नु भएको छ ।
संस्थाका महिलाहरुको गुरू ७० बर्षीय अम्बर बहादुर दर्नाल शुभ विवाह र ब्रतबन्धमा अझै पनि वहाँहरू सगै रहेर सनही बजाउनु हुन्छ ।
सेवा शुल्क बाट प्राप्त रकमको ५ प्रतिशत संस्थालाई छुटयाईने गरिएको छ । महिलाहरूको समुहले झापा जिल्लाको बिर्तामोड,काकडभिट्टा, भद्रपुर, लगायत अन्य जिल्ला सुनसरी, मोरङमा समेत नौमती बाजा बजाउन शुरु गरेका छन् ।
एउटा मान्छे अनेकौं जिम्मेवारी सबै थोक भ्याएर पछिल्लो समय उनीहरूले हरेक क्षेत्रमा देखाएको अग्रसरता सक्रियता ,जोस र लगनशीलताले समाजमा पककै पनि सकरात्मक सन्देश प्रवाह सगै नयाँ पन दिएको छ । समाज रूपान्तरणमा भूमिका खेलेको छ । अर्को महत्वपूर्ण पक्ष काम गर्ने इच्छा शक्ति भए जस्तो सुकै कठिन पनि गर्न सकिने रहेछ भन्ने कुरा पृष्टी गरेको छ ।
उधमशीलता, व्यवसायिकता, शैक्षिक स्तर उन्नती, राजनीतिक सहभागिता सगै समाजका सामाजिक, धार्मिक र साँस्कृतिक लगायतका क्षेत्रमा उनीहरुले बढाएका सकृयता चर्चा योग्य छन् । घर र परिवारको जिम्मेवारी देखि बाहेक महिलाहरुले अन्य धेरै कामहरु गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन्  ।
अर्को महत्वपूर्ण पक्ष इच्छा भए समय ब्यवस्थापन गर्न सकिने रहेछ भन्ने शिक्षा दिएको छ । त्यस्तै गरी हरेक किसिमका काममा संलग्नता बढाएर कामको दायरा फराकिलो पार्दै जादा उनीहरुको कार्य क्षमता र दक्षता अभिवृद्धि भएको छ भने समयको सही सदुपयोग भएको छ। जातीय विभेद र लैंगिक विभेद अन्त्यका लागि महिलाहरूले चालेको यो कदम तारिफ योग्य छ । यसले नयाँ पिढीहरूमा सकरात्मक सन्देश प्रवाह गर्दै उर्जाशील , लगनशील र समाज रूपान्तरणका लागि जिम्मेवार बनाउन प्रेरित गर्ने छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2परम्परागत सोच र पारिवारिक घेरा तोडेर नौमती बाजामा व्यवसायिक बने महिला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img