भद्रपुर २६ पुस । सिद्धान्त बचत तथा ऋण सहकारी संस्था १३ औं बार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ । चन्द्रगढीमा सम्पन्न सभाको भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्याम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष गोपाल श्रेष्ठले संस्थाले २०७९/८० मा भएका गतिविधि बारे जानकारी गराउदै भावी नीति तथा कार्य योजनाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाकी ज्येष्ठ सदस्य ९० बर्षीय अम्बिका देवी कट्टेल, अपांग तथा अशक्त सदस्य दिनालाल माझी, उत्कृष्ट सदस्य सुमित्रा गिरी तथा लालबहादुर यादव लगायतलाई नगद सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खड्का, स्वर्गद्वारी कृषि सहकारी संस्था चन्द्रगढीका अध्यक्ष गोपालबहादुर थापा, रेडक्रस भद्रपुर अध्यक्ष गोपाल गिरी , झापा सामुदायिक साकोसककी कोषाध्यक्ष उर्मिला गौतम लगायतले मन्तव्य राखेका थिए ।
श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव ऋषि चापागाईले तथा स्वागत सहकारीकी उपाध्यक्ष देवीमाया प्रधानले गरेकी थिइन ।
सिद्धान्त सहकारीको १३ औं बार्षिक साधारणसभा

































































































