Homeसमाचारगठबन्धनको राष्ट्रियसभा निर्वाचन परिचालन समिति गठन

गठबन्धनको राष्ट्रियसभा निर्वाचन परिचालन समिति गठन

विर्तामोड २६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन परिचालनका लागि झापा जिल्लामा गठबन्धन दलको निर्वाचन परिचालन समिति गठन भएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गठबन्धन दल, राष्ट्रियसभाका उम्मेद्वार, सांसद र पालिका प्रमुख÷उपप्रमुखको संयुक्त बैठकले नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको संयोजकत्वमा ‘राष्ट्रियसभा निर्वाचन २०८०, निर्वाचन परिचालन समिति’ गठन गरेको हो ।
समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट राम कट्टेल र कृष्ण हुमागाई, नेकपा माओवादीका राजु आचार्य अग्नी र मोहन टुडु, नेकपा समाजवादीका बेदराज रेग्मी र वीपी भट्टराई, जनता समाजवादीका दिपेनवाला राई र गौरीमान राई रहनुभएको छ ।
नवगठित निर्वाचन परिचालन समितिको आजै सम्पन्न बैठकले गठबन्धन दलको कोशी प्रदेश समितिले तय गरेका उम्मेद्वारको निर्वाचन प्रचार–प्रसार कार्यतालिका अनुसार कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगठबन्धनको राष्ट्रियसभा निर्वाचन परिचालन समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img