Homeसमाचारखाद्य स्वच्छताका लागि माटाेदेखि भान्सासम्म स्वच्छ हुनुपर्ने

खाद्य स्वच्छताका लागि माटाेदेखि भान्सासम्म स्वच्छ हुनुपर्ने

बिर्तामोड २५ पुस । खाद्य स्वच्छताका लागि उपभोक्ता सचेत भएपनि उत्पादन स्वच्छ नभएको बिर्तामोडमा आज आयोजित अन्तरक्रियामा कार्यक्रमका सहभागीहरुले औंल्याएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना र नारी सञ्चार गृह झापाको सहआयोजनामा सम्पन्न ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया’ कार्यक्रममा बोल्दै सरोकारवालाहरुले स्वस्थ्य जीवनयापनका लागि खानेकुरामा उपभोक्ता सचेत भएपनि खानेकुरा उत्पादनको स्रोत नै स्वच्छ नहुँदा समस्या भएको बताएका छन् ।
खाद्य स्वच्छता भन्ने कुरा भान्सादेखि माटोसम्म जोडिएको बताउँदै उत्पादन गर्ने ठाउँ स्वच्छ नभएसम्म भान्सा स्वच्छ हुन कठिन रहेको बताएका छन् । अग्र्यानिक खानेकुरा खानुपर्छ भन्ने कुरामा उपभोक्त सचेत भएपनि स्वच्छ खाद्य पदार्थ प्राप्त गर्ने कठिन रहेको बताए ।
स्वदेश मै उत्पादित कृषि उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्दै बाह्रय उत्पादनलाई आयातलाई निरुत्साहित गरे खाद्यान्नमा स्वच्छता कायम गर्न सकिनेमा जोड दिएका सहभागीले आयातमा नियन्त्रण, ल्याव परीक्षणको ब्यवस्था, उत्पादन गरिएका खाद्य पदार्थको कच्चा पदार्थ उत्पादन कै स्वच्छता अनुगमन र नियमन गर्न जरुरी रहेको उनीहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै सहभागीहरुले खाद्य स्वच्छ हुनका लागि माटो नै स्वच्छ हुनुपर्ने, सूचना दिएर गरेको अनुगमनले स्वच्छतामा कायम गर्न सहयोग नपुग्ने बताउँदै अनुगमन स्वतःस्फूर्त गरिनुपर्ने, खाद्य सामग्रीको स्वच्छ छ भन्ने कुराको प्रमाणित गर्ने ल्यावको ब्यवस्थापन गर्नुपर्ने लगायतका विषय बस्तु उठाएका थिए ।
स्वास्थ्यका दृष्टिले हानीकारक बस्तु उत्पादन गर्ने अनुमति दिनुले राज्य नागरिकको स्वास्थ्यप्रति गम्भिर नभएको स्पष्ट हुने धारणा राख्दै सहभागीले अझैपनि राम्रो र नराम्रो हेरेर तरकारी किन्नुपर्ने कुरा कत्तिको व्यवहारिक हुन्छ भन्ने प्रश्न समेत उठाएका थिए । त्यसैगरी खाद्य स्वच्छताका लागि वातावरणसमेत स्वच्छ हुनुपर्नेमा जोडदिंदै नगरपालिकाले वातावरणलाई असर पार्ने प्रकृतिका मधुगुट्खा जस्ता बस्तु खाने र बाटामा खोल फ्याक्ने कुराको नियन्त्रण गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा उद्यमशील महिला संघ नेपालकी अध्यक्षः पार्वता खरेल बिमली, महिला उद्यमी संघ नेपाल अध्यक्षः– शुष्मा पौडेल, राष्ट्रिय उपभोक्ता मञ्च झापा सदस्य बिमला भट्टराई उपभोक्ताहित संरक्षण मञ्च बिर्तामोडका राजु गौतम, एनएमसी सहकारीका उपाध्यक्ष भगवती घिमिरे, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक सन्तोष श्रेष्ठ, डिपार्टमेन्ट प्रमुख उमेश चौहान, स्वरोजगार भवानी डिपार्टमेन्टका चक्र बस्नेत, उपभोक्ता तथा एबीसी नेपाल झापा अध्यक्ष कञ्चना ढकाल सिटौला, उत्पादक बिना दाहाल, चन्द्रकला भण्डारी लगायतले खाद्य स्वच्छता कायम गर्नका लागि नियमक निकायले गर्नुपर्ने काम र सरोकारवालाले अपनाउनुपर्ने सतर्कताबारे औल्याएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहजीकरण आयोजक संस्थाका प्रमुख वस्ती, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले गरेका थिए । सहआयोजक संस्थाकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले गरेकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले खाद्य सामग्री बेचबिखन गर्नेले सधैं सतर्कता अपनाउन आग्रह गरे । मानिसको स्वास्थ्यसंग जोडिएको खाद्य सामग्रीमा कैफियत भेटिए मन नहुँदा नहुँदै पनि कारवाही गर्नुपर्ने आफूहरुको बाध्यता रहेको बताउँदै संग्रौलाले थोरै सावधानी भए जटिल समस्याबाट बचिनेतर्फ सचेत गराए । अखाद्य सामग्रीका कारण अन्जा नमै जटिल राेगकाे सिकार वन्नु पर्नेतर्फ चिन्ता व्यक्त गर्दै अर्गानिक उत्पादनमा जाेड दिए। त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली कृषिजन्य उत्पादन आयात र निर्यातमा अस्पष्टताकै कारण समस्या भएको बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखाद्य स्वच्छताका लागि माटाेदेखि भान्सासम्म स्वच्छ हुनुपर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img