Homeसमाचारराष्ट्रियसभा अध्यक्षका लागि सिटौलाको उम्मेद्वारी–शर्मा

राष्ट्रियसभा अध्यक्षका लागि सिटौलाको उम्मेद्वारी–शर्मा

बिर्तामोड २६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभामा उम्मेद्वारी सदस्य बन्नका लागि मात्रै नभई राष्ट्रियसभा अध्यक्षका लागि भएको बताउनुभएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न गठबन्धन दलसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले शान्ति प्रक्रियाका अधुरा काम पूरा गरेर संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभएको छ ।
प्रदेश–१ बाट गठबन्धनका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले सशस्त्र विद्रोहमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजक भएर संविधान निर्माण गर्न अत्यन्तै महत्वपूर्ण कार्य गर्नुभएको चर्चा गर्दै शर्माले संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रियसभामा उहाँको आवश्यकता औंल्याउनुभयो ।
उम्मेद्वार चयनका सवालमा केन्द्रीय समितिमा ब्यापक छलफल र बहस भएको प्रसङ्ग उल्लेख गर्दै महामन्त्री शर्माले पार्टीले उम्मेद्वार निर्णय गरिसकेपछि कांग्रेसभित्र कुनैप्रकारको फरकमत र द्विविधा नरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा राष्ट्रियसभा सदस्यका उम्मेद्वार एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पार्टी र सिङ्गो गठबन्धन दलले नै संविधानको पूर्ण कार्यान्वयनका लागि आफूलाई उम्मेद्वार प्रस्ताव गरेको हुँदा संविधानको रक्षाका लागि गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।
यसैगरी नेकपा माओवादीका तर्फबाट उम्मेद्वार बन्नुभएकी चम्पादेवी कार्कीले निर्वाचनले राष्ट्रिय महत्व राख्ने बताउँदै गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रीय सदस्य झलकसिंह दर्लामीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेत, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र मोहन टुडु, नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य र गोमा भट्टराई, नेकपा समाजवादीका बेदराज रेग्मी, प्रदेशसभा सांसद, पालिकाका प्रमुख उपप्रमुख, गठबन्धन दलका नेता कार्यकर्ताको वाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराष्ट्रियसभा अध्यक्षका लागि सिटौलाको उम्मेद्वारी–शर्मा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img