Homeसमाचारझापा जिल्ला सहकारी संघको २७ बार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ठलाई सम्मान र पुरस्कार

झापा जिल्ला सहकारी संघको २७ बार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ठलाई सम्मान र पुरस्कार

बिर्तामोड २५ पुस । सहकारीका विभिन्न क्षेत्र तथा अन्य क्षेत्रका उत्कृष्ठलाई सम्मान र पुरस्कृत गर्दै जिल्ला सहकारी संघको २७ औं बार्षिक कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाली सहकारी सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल छन् । उनलाई नगद २५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको छ । त्यसैगरी झापाको सहकारी क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै संघका पूर्व सचिव देवीप्रसाद दाहाल, उत्कृष्ट सञ्चारकर्मीका रुपमा पत्रकार गोबिन्दचन्द छेत्री उत्कृष्ट कृषि सहकारीका रुपमा बुद्धशान्तिको होक्से कृषि सहकारी, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा मेचीनगरको मेची कृषक बहुमुखी सहकारी, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा मेचीनगरकै पूर्वीद्धार साकोस, उत्कृष्ट बचत कारोवारका रुपमा कमलको नवोदय बहुउद्देश्यीय, उत्कृष्ठ कर्जा कारोवारका रुपमा हल्दिबारीको हाम्रो गोलधाप कृषि सहकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मानीत ब्यक्ति तथा संस्थालाई जनही १० हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।


त्यसैगरी उत्कृष्ट ब्यवस्थापक महिलातर्फ दमकको नवदुर्गा बहुउद्देश्यीय सहकारीकी धनकुमारी पौडेल र पुरुषतर्फ गौरदहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारीका तीलक कार्कीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । उत्कृष्ट पालिका समन्वय समितिका रुपमा गौरीगञ्ज पालिका सहकारी समन्वय समितिलाई सम्मान गरिएको छ ।
संस्थाले २०७९ चैत २० गते ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा घोषणा गरेका विभिन्न बिधाका उत्कृष्ठ पुरस्कार तथा सम्मान बितरण गरेको हो ।
आर्थिक बर्ष २०७९/०८० सम्ममा ४९२ संघ/संस्था आवद्ध रहेको संस्थाको शेयरपुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ रहेको अध्यक्ष ढकालद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको भद्रपुरमा ३ कठ्ठा १८ धुर र बिर्तामोडमा १ बिगाहा ४ कठ्ठा १.७५ धुर जग्गा करिव ७ करोड ५० रुपैयाँ मूल्य बराबरको रहेको प्रतिवेदनमा छ ।
संस्थाको कोष हिसाव ७ करोड ८५ लाख ९८ हजार ७४१ रुपैयाँ ६५ पैसा, निक्षेप १९ करोड ९१ लाख ७८ हजार २३० रुपैयाँ ६१ पैसा र कर्जा लगानी १८ करोड ४५ लाख ८१ हजार १५५ रुपैयाँ ६२ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेको कार्यक्रमको सञ्चालन सचिव भवानीप्रसाद दंगालले गरेकाको कार्यक्रममा प्रमुख अतिथि कार्की, अतिथिहरु सल्लाहकारका तर्र्फबाट दुर्गा सापकोटा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक लक्ष्मीप्रसाद उप्रेती, चिया सहकारी संघका अध्यक्ष हर्कबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापा जिल्ला सहकारी संघको २७ बार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ठलाई सम्मान र पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img