Homeसमाचारअधिकार प्राप्त गर्न महिला एकजुट हुनुपर्नेमा जोड

अधिकार प्राप्त गर्न महिला एकजुट हुनुपर्नेमा जोड

विर्तामोड २५ पुस । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बक्ताहरुले संविधान प्रदत्त एवं पार्टी विधानमा उल्लेखित अधिकार प्राप्त गर्न महिला एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल महिला संघ झापाको आयोजनामा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमका सहभागी बक्ताहरुले पार्टीभित्र देखिएको गुट–उपगुटको विभाजनले अन्ततः महिला सहभागिता एवं महिलाकै राजनीतिक संरक्षणमा असर पर्ने बताउँदै पार्टीभित्रको टिमवर्कलाई संगठन बलियो बनाउन प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
मुख्यगरी महिलालक्षित प्रशिक्षण र सिपमूलक तालिमहरु सञ्चालन गरेर आत्मनिर्भर बनाउँदै राजनीतिक संगठनहरुभित्रको सहभागितालाई बढाउनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका हुन् ।
नेपाल महिला संघ झापाका कार्यबाहक अध्यक्ष शर्मिला अधिकारीको अध्यक्षतामा नेपाली कांग्रेस झापाको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्यद्वय सुशिला ढकाल र गोमा भट्टराई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल महिला संघका केन्द्रीय सदस्यद्वय चन्द्रादेवी जोशी र उमा शिवाकोटी, जिल्ला सदस्य लीला मैनाली, नेपाल महिला संघका १ नं क्षेत्रीय अध्यक्ष रचना घिमिरे, २ नं क्षेत्रीय अध्यक्ष मनु विश्वकर्मा, ३ नम्बर क्षेत्रीय अध्यक्ष उर्मिला गौतम, यसोदा उप्रेती लगायतले मन्तब्य राख्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
यसैबीच सहभागीहरुले राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेशबाट उम्मेद्वारी दर्ता गराउनुभएका पार्टीका पूर्व महासचिव एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई विजयको शुभकामना दिएका थिए । राष्ट्रियसभा सदस्यका लागि नेता सिटौलाले सोमबार कोशी प्रदेश निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ । संविधान मस्यौदा समितिका संयोजक रहेर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका सिटौलाले सशस्त्र विद्रोहमा रहेको नेकपा माओवादीलाई शान्तिवार्तामा ल्याउन विशेष योगदान गर्नुभएको थियो ।
थ्यग कभलत

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअधिकार प्राप्त गर्न महिला एकजुट हुनुपर्नेमा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img