बिर्तामोड पुस । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेद्वारी दिने भएका छन् । निर्बाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका हुन्।
व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्यमा उम्मेदवारी दिने बताए । आफू बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै उहांले यस क्षेत्रको प्रतिनिधित्व हुने गरि बाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिए ।
सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरि काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गरे ।
यस अघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ । ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सपोर्ट रहेको बताए । उनले ढुवानी व्यवसायीको प्रतिनिधिका रुपमा खत्रीलाई अघि बढाइएको बताए । व्यवसायी खत्री सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन मिति घोषणा भएसंगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिब अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा भएपछि चुनावी मैदानमा छन् । बाणिज्य संघको निर्वाचन फागुन १४ गते तय गरिएको छ ।
उद्योग बाणिज्य संघको निर्वाचनमा खत्रीले उम्मेद्वारी दिने

































































































