Homeसमाचारफोहोर सेग्रीगेसन कार्य प्रारम्भ

फोहोर सेग्रीगेसन कार्य प्रारम्भ

बिर्तामोड पुस । झापाको कनकाई– विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ ।
बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य आजदेखि सुरु गरेको हो । सेग्रीगेसन परिक्षणकारुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।
कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर परिक्षण कार्यको उद्घाटन गरे ।
यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लाष्टिकजन्य फोहोरको लागि भने पेवर्स,ब्लग बनाउने मेसिन खरिद प्रक्रियामा रहेको छ। अबको एक महिना देखि डेढ महिना भित्रमा त्यो मेसिन पनि जडान हुने भएकाले तीनैवटा पालिकाको फोहोर व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलिले जानकारी दिए।
बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताइन । फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने भएकोले घर, पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन नगरबासीलाई आग्रह गरिन् । हाल बिर्तामोडको कृषिथोक बजारबाट निस्किएको फोहोरमात्रै प्लाण्टमा गईरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने नगर प्रमुख प्रसाईले जानकारी दिइन ।
यस्तै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेलले क्रमागत रुपमा ढिलै भएपनि लक्ष्य प्राप्तिको दिशामा पुगेको बताए। उनले पनि तीन वटै पालिकाबाट सेग्रीगेसन गरिएको फोहोर ल्याउनु पर्नेमा जोड दिँदै स्रोतमै वर्गिकरण गर्न सबैलाई आग्रह गरे।
सेग्रीगेसन मेसिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदन गोपाल सुब्बाले जानकारी दिए । सेग्रीगेसन परिक्षण कार्य उद्घाटनमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कम्पनीका वोर्ड सदस्य मिनाल तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।
कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृनिकाय र स्थानीय नागरिक समेतको परियोजनामा २२ करोड रुपैयाँ लगानीमा फोहोर मैलाको दीगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो । प्लान्ट कनकाई नगरपालिका २ मा रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारफोहोर सेग्रीगेसन कार्य प्रारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img