सताक्षीधाम ३ मंसिर । झापाको सताक्षीधाममा सञ्चालित अष्टोत्तरशतकुण्डिय गोपाल महायज्ञ (कोटीहोम) शुरु भएको छैंटौ दिन मंगलबारसम्ममा ७५ लाख बढी नगद संकलन भएको छ । कोटीहोम शुरु भएको छैटौं दिनसम्ममा ७५ लाख दुईहजार सातसय ३१ रुपैयाँ संकलन भएको महोत्सव मुल आयोजक समारोह समितिका सदस्य सचिव डिल्ली नेपालले जानकारी दिनुभयो । धान्याचलमा कम्तिमा ४० क्वीन्टल (धान) र ताण्डुलाचल ३५ क्वीन्टल (चामल) संकलन भएको आयोजक समितिले जनाएको छ ।
कात्तिक २७ देखि मंसीर ९ गतेसम्म सञ्चालन हुने १०८ कुण्डिय गोपाल महायज्ञ कोटीहोम तथा सताक्षीधाम धार्मिक महोत्सवमा अपेक्षाकृत भेटी संकलन भएको आयोजक समितिले जनाएको छ ।ं महोत्सवमा श्रीमद्देवी भागवत कथा समेत वाचन भइरहेको छ । १३ दिवसिय १०८ कुण्डीय कोटिहोम पूर्वमा हाल सम्मकै ठूलो धार्मिक महायज्ञ भएको भक्तजनको प्रतिक्रिया छ ।
मंसीर २७ गते १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेको महायज्ञमा नेपालका अधिकतम जिल्लाबाट होमादीमा ब्राम्ह्रण सहभागी भएको महायज्ञमा विभिन्न जिल्लाबाट ५ लाख भक्तजनको उपस्थिति भइसकेको महोत्सवको सूचना डेक्सले भारत, भुटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, वंगलादेश लगायतबाट १२ हजार हिन्दुधर्मावलम्बीहरुले सहाभागीता भएको जनाएको छ ।
०७१ सालमा सताक्षीधाममा आचार्य नन्दकिशोर भारद्धाजले २ वटा गाई वृन्दावन बाट ल्याएर गौसालाको स्थापना गरेका थिए । सो गौसालका यतिवेला ३०५ वटा गाईको संरक्षणमा छन ।
नेपालबाट भारत निकासीका लागि लैजादै गरेका, सडकका असाहाय र अपाङ्ग गाईको गौसालाले संरक्षण गर्ने गरेको छ । अघिल्ला ४ वर्षमा पनि सताक्षीधाममा धार्मिक अनुष्ठान हुने गरेका थिए । यो वर्ष झापाका १५ वटै स्थानीय तह कोटिहोम मुल आयोजक समारोह समितिको सदस्य बनेपछि महोत्सव वृहत बनेको हो । महोत्सवमा १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधी सभा सदस्य एलपि साँवा लिम्वु, राजेन्द्र लिङ्गदेन, प्रदेश साँसद झलकवहादुर दर्लामी मगरले उपस्थिति जनाउँदै सताक्षीधाममा बाटो, खानेपानी, संचार, सुरक्षा लगायतका विषयमा सहायोग गर्ने बचन दिएका छन् ।
सताक्षीधाम धार्मिक महोत्सवमा खेल तमासा पनि शुरु भएको छ । ३ करोड खर्चको अनुमान गरेको आयोजक समितिले ५ करोड भेटी संकलन गर्ने लक्ष्य राखेको शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले बताइन । छ । संकलित भेटीमध्ये कोटिहोमको खर्चबाट व्यहोरेर बाँकी रकममध्ये ५० प्रतिशत गोलोक गोवद्र्धन गौशालाको अक्षयकोषमा र बाँकी ५० प्रतिशत सताक्षीधाम क्षेत्रको पूर्वाधार निर्माणमा लगाइने सहमति भएको महोत्सव आयोजक मूल समितिका एक सदस्यले जानकारी दिए ।

सताक्षीधाममा धार्मिक महोत्सव, ७५ लाख वढी संकलन