विर्तामोड ३ मंसिर । सत्य साइबाबाको ९४ औं जन्मजयन्तीको अवसर पारेर सत्य साई केन्द्र अनारमनीले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
साईबाबाको जन्मजयन्तीको अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तरगत पहिलो दिन मंगलबार रक्तदान सम्पन्न भएको कार्यक्रम सत्य साई केन्द्र महिला दिवसकी संयोजक तारा विमलीले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम ४३ पिन्ट रगत संकलन भएको सत्य साई केन्द्रका पूर्व युवा संयोजक उमा शिवाकोटीले जानकारी दिनुभयो ।
केन्द्रले साई बाबाको जन्मजयन्तीको अवसर पारेर महिला दिवस अन्तरगत सुप्रवाचन, नगर संकिर्तन र रक्तदान सम्पन्न गरेको छ भने पाँच दिने कार्यक्रममा महिला दिवस, युवा दिवस, नारायण सेवा लगायतका कार्यक्रम तय गरेको केन्द्रकी अध्यक्ष देवी सापकोटाले बताउनु भयो ।
साईबाबाको जन्मजयन्तीमा रक्तदान

































































































