Homeसमाचारकोटीहोममा लिङदेनले मागे भ्रष्टाचार विरुद्ध लड्न बरदान

कोटीहोममा लिङदेनले मागे भ्रष्टाचार विरुद्ध लड्न बरदान

सताक्षीधाम ३ मंसीर । झापा क्षेत्र नं.–३ बाट संघीय सांसद राजेन्द्र लिङदेन सोमबार झापाको सताक्षीधाममा सञ्चालित अष्टोत्तरशतकुण्डिय गोपाल महायज्ञ (कोटीहोम) मा पुगे ।
पूर्वकै महत्वका रुपमा हेरिएको कोटीहोममा पुग्ने साँसद लिङ्देन पहिलो भने होइनन् । यसअघि गत कात्तिक २७ गते १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । त्यसयता उक्त महायज्ञमा कानुन मन्त्री हिक्मत कार्की, प्रतिनिधी सभा सदस्य एलपि साँवा लिम्वु, राजेन्द्र लिङ्गदेन, प्रदेश साँसद झलकवहादुर दर्लामी मगरसहित अन्य विशिष्ठ व्यक्तिहरु पुगिसकेका छन् ।

गोलोक गोवद्र्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजका साथमा सांसद लिङदेन ।

महायज्ञमा अतिथि वा भक्तजन भएर गएका सांसदहरुले विकास निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । अन्य मन्त्री तथा सांसदले विकास निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाइरहँदा संघीय सांसद लिङदेनले भने सताक्षीमाता समक्ष भ्रष्टाचार विरुद्ध लड्न सक्ने क्षमता प्राप्तीको बरदान मागे ।
राजनीति गर्नेले गरेको भ्रष्टाचारका कारण आफूलाई राजनीतिकर्मी भन्न पनि लाज लाग्ने उल्लेख गर्दै भने–‘राजनीति गर्नेले भष्टचार गरेकै कारण राजनैतिक व्यक्ति भन्न लाज हुन्छ, भष्ट्रचार गर्नेलाई तह लगाउने शक्ति प्राप्त होस् ।’ राजनीति गर्ने नेता कार्यकर्ताकै ११÷१२ कक्षा पढ्ने छोरा छोरीले पनि अभिभावक राजनीतिकर्मी हो भन्न हिच्किचाउने गरेको उल्लेख गर्दै लिङदेनले भने–‘मैले अहिले सम्म एक रुपैयाँ पनि भ्रष्टचार गरेको छैन अव पनि नगर्ने शक्ति मिलोस ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोटीहोममा लिङदेनले मागे भ्रष्टाचार विरुद्ध लड्न बरदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img