Homeसमाचारमानव बेचविखन नियन्त्रणका लागि खुल्ला सीमाना चुनौति

मानव बेचविखन नियन्त्रणका लागि खुल्ला सीमाना चुनौति

भद्रपुर २१ मंसीर । खुला सीमानाकै कारण मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न चुनौति रहेको चन्द्रगढीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत भद्रपुर नगरपालिकासंग मानव बेचविखन तथा ओसारपसार पीडितका लागि पुनःस्थापना केन्द्र तथा कोष सम्बन्धि स्थानिय निकायसंगको छलफल कार्यक्रममा सहभागीले बेचविखन नियन्त्रणमा नगरपालिकले विशेष पहल गर्नुपर्ने सुझाव दिएका छन् ।
महिला, कानून र विकास मन्च झापाको आयोजना तथा अष्ट्रेलियान फउण्डेसनको संयोजनमा आयोजित कार्यक्रमका सरोकारवाला सहभागीले बेचबिखन नियन्त्रणमा स्थानिय निकायको भूमिका आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपालका लागि अष्ट्रेलिया कि राजदुत फेलासिटि भोल्कले भद्रपुर नगरपालिकाबाट बेचबिखन रोक्न भईरहेका पहलहरुको बिषयमा प्रशंसा गर्दै मानव अपराध नियन्त्रणमा अष्ट्रेलियाले विश्वका विभिन्न देशहरुसंग समन्वयन गर्दै काम गरी रहेको बताए । बेचबिखन नियन्त्रणका लागि समुदायस्तर सम्म चेतना फैलाउनु पर्नेमा राजदुतको जोड थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बेचविखन नियन्त्रण सम्बन्धमा नगरपालिकाले सरोकावाला संघसंस्थाहसंगको सहकार्यमा विभिन्न कार्यहरु गरेको बताउदै खुला सिमाकै कारण नियन्त्रण चुनौति भएको बताए ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै मञ्चकी सददस्य तथा कानून व्यवसायी चन्द्रमाया श्रेष्ठले पुर्नस्र्थापना केन्द्रको अवधारणा पत्र प्रस्तुत गर्दै भद्रपुर नगरपालिकाले कानून कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
नगरपालिका समाजिक बिकास शाखा प्रमुख जिवनकला राउतले बेचविखन विरुद्ध नगरपालिकाले अहिले सम्म गरेका गतिविधिका बारेमा प्रकास पारेकी थिइन् ।
मञ्चकी कोशी प्रदेश संयोजक देवि निरौला अधिकारीले संचालन गरेको कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष टेकबहादुर खड्का काजी सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु बिक्रम वाग्ले, शर्मिला अधिकारी, कन्चना ढकाल, भिमा शिवाकोटी, कुञ्जना रुचाल, अनिता रिजाल लगायतले बेचविखन रोक्न कानून कार्यान्वयनमा जोड दिदै सुझावहरु राखेका थिए ।
नगरपालिकाकी उप प्रमुख राधा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रिती थापाले गरेकी थिइन भने कार्यक्रमको औचित्यमाथि कानून व्यवसायी सविन श्रेष्ठले प्रकाश पारेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमानव बेचविखन नियन्त्रणका लागि खुल्ला सीमाना चुनौति
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img