HomeFeatured 2आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते

आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते

बिराटनगर २१ मंसीर । मोरङको बिराटनगर महानगरपालिका ७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
बुधबार दिउँसो २ बजे सातघुम्ती स्थित कवाडी पसलमा अचानक आगलागी हुँदा बिराटनगर–६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको छ । सुशिला पासवानको घटनास्थलमा नै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आगलागीमा परी घाईते भएका बिराटनगर–६ का ५८ बर्षीय किशोर पासवान, ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० बर्षीया पिङ्की कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुलाई नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि लगिएको हो भने उक्त आगो ६ वटा दमकल, स्थानियबासी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको र आगलागीबाट लगभग ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आगलागीमा परी ३ जनाको मृत्यु, ३ जना घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img