बिर्तामोड मंसीर । लैङ्गिक हिंसा विरूद्वकाे १६ दिने अभियान अन्तरगत एबिसी नेपाल झापाले बिद्यार्थी लक्षित कार्यक्रम सम्पन्न गरेकाे छ ।
झापाकाे बिर्तामोड २ स्थित वीर अमरसिंह माविमा आयाेजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्राैलाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटाैलाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष किशाेर पाैडेल, बिद्यालयका प्रधानअध्यापक यदुनाथ अधिकारी लगायतकाे बिशिष्ट आतिथ्यता रहेकाे कार्यक्रमकाे सहजीकरण इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्कीले सहजीकरण गरेका थिए ।
शुष्मा पाैडेलले सञ्चालन गरेकाे कार्यक्रममा देवीका बस्नेतले स्वागत गरेकी थिइन ।

































































































