Homeशिक्षामलाहा बस्तीमा विद्यार्थीको कुपोषण सचेतना

मलाहा बस्तीमा विद्यार्थीको कुपोषण सचेतना

मेचीनगर ३ मंसीर । मेचीनगरको आम्दा स्थित मलाहा टोलमा कुपोषण सम्बन्धि सचेतनामुलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
इष्ट होराइजन माविमा कक्षा–९ मा अध्ययनरत विद्यार्थीहरुले विट्रिस काउन्सिलद्वारा सञ्चालित इन्टरनेशनल स्कूल अवार्ड कार्यक्रम अन्तरगत १ दिने कुपोषण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका हुन् ।
मलाहा बस्तीका स्थानीयलाई कुपोषण हुने कारण र त्यसबाट बच्ने उपाय, खानपान अपनाउनु पर्ने सावधानीबारे विद्यार्थीले जानकारी दिएका थिए । विद्यार्थीहरुले कुपोषण शीर्षकमा परियोजना चलाउने क्रममा आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा समेत पिछडिएको मलाहा समुदायलाई रोजेका हुन् ।
आइ.एस.ए. समन्वय शिक्षक नविन दाहाल, प्लस टु कोअडिनेटर रेखा क्षेत्री, शिक्षक विकास ग्वालको र शिक्षक महेश खडकाको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले अण्डा, दुध र पाउरोटी लगायतका खाद्य सामाग्री वितरण गर्दै कुपोषणबाट बच्नका लागी उमेर अनुसार पौष्टिक आहारको महत्वबारे समेत जानकारी गराएका थिए ।
आइ.एस.ए. अन्तरगत विद्यार्थीहरुले हाल १० वटा शिर्षकमा परियोजना चलाईरहेको बताइएको छ । विद्यार्थीले सञ्चालन गरेको परियोजनाले समुदायप्रतिको चासो बढाएको तथा व्यवहारिक र जीवन उपयोगी शिक्षा हासिल गर्न सहज भएको इष्ट होराइजनका प्रिन्सिपल संञ्जीव राईले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षामलाहा बस्तीमा विद्यार्थीको कुपोषण सचेतना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img