बिर्तामोड २५ कात्तिक । लामो समय शिक्षण पेशामा आवद्ध देवीप्रसाद संग्रौला (डिपी शर्मा) द्वारा लिखित अनसन र भनसुनले चलेको मेरो देश नामक कृतिको आज एक कार्यक्रमका बीच लोकापर्ण गरिएको छ ।
कृतिका प्रकाशक दुर्गा थपलिया (कालु) को अध्यक्षता तथा साहित्यकार राधा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदी, कृति समिक्षक तिला लेकाली, भगवती ढुङ्गेल, दिलकुमारी बुढाथोकी र कृतिकार शर्माले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
कार्यक्रममा कृतिको समिक्षा गर्दै समिक्षक लेकालीले शिर्षक र आवरण चित्रले पुस्तकको भाव झल्काएको बताइन । गद्य, छन्द, गजल, मुक्तक तथा अन्य विधा समेटिएको पुस्तकलाई नयाँ विधा चम्सु उपमा दिइएको कृतिले समयको चेत बोलेको समिक्षक लेकालीको भनाई थियो । लेखकले कृतिमा समसामयिक विषय वस्तुप्रति झटारो हानेका लेखकको ब्यङ्ग्य साहित्यमा शक्ति देखिएको टिप्पणी गर्दै पहिलो कृतिका रुपमा आएको अनसन र भनसुनले चलेको मेरो देश मा वर्तमान अवस्थामा देशमा जे भइरहेको छ, त्यही कुरा पुस्तकमा पढ्न पाइने उनको भनाइ थियो । भ्रष्टाचार, बेतिथि विरुद्ध आवाज उठाएको कृतिको प्रकाशन दुर्गा थपलिया (कालु) ले गरेकी छन् ।
खगिन्द्रा खुशीको सञ्चालन र भगवती ढुङ्गेलको स्वागत रहेको कार्यक्रममा लेखकको व्यक्तित्वबारे दिलकुमारी बुढाथोकीले प्रकाश पारेकी थिइन । प्रमुख अथिति सुवेदीसहितका अतिथिहरुले शुभकामना मन्तव्य राखेको कार्यक्रममा चेतन चुडालले गीत प्रस्तुत गरेका थिएभने विन्दु दाहाल लगायतका सर्जकले रचना वाचन गरेको बताइएको छ ।