Homeसमाचारउर्लावारी आगलागी: नौजनाको स्वास्थ्य गम्भिर, अवस्था बुझ्न स्वास्थ्य मन्त्री अस्पतालमा

उर्लावारी आगलागी: नौजनाको स्वास्थ्य गम्भिर, अवस्था बुझ्न स्वास्थ्य मन्त्री अस्पतालमा

काठमाडौं ३० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपुजाको राती भएको आगजनीमा परेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । घाईतेहरुको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिन र उनीहरुलाई भेट्न मन्त्री बस्नेत बिहीबार किर्तिपुर बर्न अस्पताल पुगेका थिए । उर्लाबारीमा भएको आगजनीमा गरेर घाइते भएकाहरु मध्ये २५ जनाको उपचार किर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार उनीहरु मध्ये ९ जनाको अवस्था गम्भिर भएकाले आईसियू (सघन उपचार कक्ष) मा राखेर उपचार भइरहेको छ । भने बाकीको प्लाटिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्री बस्नेतले उपचाररत घाइतेहरु, उनीहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकहरुलाई भेटेर उपचार अवस्थाको जानकारी लिनुका साथै उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिएका छन । मन्त्री बस्नेतले उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा कुनै कमि नहुने र सरकारले उपचारमा सक्दो सहयोग गर्ने बताए । मन्त्री बस्नेतले भने, ‘पैसा नभएको कारण कसैको पनि उपचार रोकिनु हुदैन । पैसा तिर्न नसक्नेहरुका लागि सरकार छ । सरकारले त्यो कर्तव्य पुरा गर्छ । ’ मन्त्री बस्नेतले जलनका विरामीहरका लागि किर्तिपुर अस्पतालले उत्कृष्ठ काम गरिरहेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए । किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा।शंकरमान राईले उर्लावारी घटनाका समेत गरि अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए । अस्पतालको जलन विभाग प्रमुख डा। किरण नकर्मीले उर्लावारी आगजनी घटनाका उपचाररत २५ जना घाइतेमध्ये ५ जनाको भोली शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी दिए । उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर सख्त घाइते भएका थिए । पसलमा आगलागी भएसँगै ग्यासको सिलिण्डर विस्फोट हुँदा आगोको लप्कामा परेर उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउर्लावारी आगलागी: नौजनाको स्वास्थ्य गम्भिर, अवस्था बुझ्न स्वास्थ्य मन्त्री अस्पतालमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img