Homeसमाचारएनएमसीको चालु आवको लक्ष्य

एनएमसीको चालु आवको लक्ष्य

बिर्तामोड । बचत तथा विभिन्न उद्योग र व्यवसाय सञ्चालन गर्दै आएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले चालु आर्थिक वर्षमा एकअर्व ४४ करोड ६६ लाख ९९ हजार एकसय २१ रुपैयाँ वासलात पुर्याउने लक्ष्य राखेको छ ।
संस्थाको ३१ औं बार्षिक साधारणसभाको पूर्वतयारीबारे जानकारी दिन बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले गतवर्षको बार्षिक गतिविधि तथा चालु आवको लक्षित बजेट र कार्यक्रमबारे जानकारी दिंदै उक्त लक्ष्य प्रस्तुत गरेका हुन् ।
गत आवको १३ अर्व १६ करोड ३३ लाख ८८ रुपैयाँको कूल सम्पत्तिमा एकअर्व ४४ करोड ६६ लाख ९९ हजार एकसय २१ रुपैयाँ थप गरी १४ अर्व ६१ करोड पुर्याउने लक्ष्य राखिएको संस्थाद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कोभिड–१९ पछि मुलुकमा आर्थिक मन्दी देखिएपनि सहकारीको उक्त लक्ष्यको सान्दर्भिकताबारे राखेको जिज्ञासामा संस्थाका अध्यक्ष शिवाकोटीले भने–‘सामान्य अवस्थामा चलायमान संस्थाले २० प्रतिशत वासलात बृद्धिको लक्ष्य राख्नुपर्ने हो, आर्थिक मन्दीकै कारण हामीले १० प्रतिशतमात्र लक्ष्य राखेका हौं ।’
त्यस्तै संस्थाले डेरी उद्योग, चिया व्यवसाय, सहकारी पसल लगायत ५ वटा व्यवसायमा बृद्धि गरी ७ वटा पुर्याउने लक्ष्य राखेको छ भने २७ करोड ११ लाख सातहजार आठसय ६७ रुपैयाँ बाह्रय कर्जा घटाएर १७ करोड ५९ लाख २१ हजार रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
साविक कार्यक्षेत्रमै सेवा केन्द्र विस्तारको लक्ष्य राखेको एनएमसीले चालु आवमा ५ वटा नयाँ सेवा केन्द्र थपेर ६३ वटा पुर्याउने जनाएको छ ।
पत्रकार भेटघाटमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी समाजको चासोको विषय भएकोले सहकारीमा समस्या आउँदा सबैलाई असर पर्ने बताए । कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले अघिल्लो वर्षको तुलनामा गत आवमा ब्याज असुलीमा सुधार आएको बताउँदै भने, ‘चालु आवमा सहकारीप्रति अमुक व्यक्तिले फैलाएको हल्लाको असर भन्दा पनि मन्दीकै कारण ब्याज असुलीमा केही कमी आएको छ ।’
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले पत्रकार सम्मेलनको सहजीकरण गर्नुका साथै राखेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
संस्थाले आउँदो मंसीर २ गतेदेखि ८ गतेसम्म इकाइगत साधारणसभा र १६ गते निर्णय पुस्तिका प्रमाणीकरण गर्ने तयारी गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएनएमसीको चालु आवको लक्ष्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img