बिर्तामोड २३ कात्तिक । ताप्लेजुङ झापा सरोकार समाजको चौथो बार्षाक साधारणसभा तथा नेपालीहरूका विभिन्न चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षता तथा गौरादह नगरपालिकाका छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रमणी न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, कमल गुरागाँई, रेजिना गौतम, ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोड नगरसमिति अध्यक्ष तेजप्रसाद सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति सुवेदीले ताप्लेजुङले जन्माएका हस्तिहरूले झापामा आएर झापालाई देशभरमा चिनाएको बताए । झापाका सबै पालिकामा ताप्लेजुङबाट आएर बसोबास गर्नेहरु निर्णायक हुने बताउँदै सुवेदीले जन्मभूमि र कर्मभूमीलाई जोड्ने भावनाको शुत्रमा आवद्ध हुनुपर्ने धारणा राखे ।
सोही कार्यक्रममा क्यान्सर पीडित हाल बिर्तामोड ८ निवासी क्यान्सर पीडित ज्ञानु बुढाथोकीलाई ३१ हजार ६२० रुपैयाँ उपचार सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष पदमबहादुर तामाङले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित भएको उपाध्यक्ष विक्रम मादेनले जानकारी दिए ।
सहसचिव डिआर कडरियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष शिवकुमार खरेलले गरेका थिए ।
ताप्लेजुङ–झापा सरोकार समाजको साधारणसभा तथा शुभकामना कार्यक्रम

































































































