Homeसमाचारकोशी प्रदेशको मुख्य मन्त्रीमा आङ्बो र कार्कीको दावी पेश

कोशी प्रदेशको मुख्य मन्त्रीमा आङ्बो र कार्कीको दावी पेश

झापा २५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् ।
बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा आङ्बो र कार्की दुवैले मुख्यमन्त्रीका लागि अलग अलग दावी प्रदेश प्रमुखको कार्यालयमा बुझाएका हुन् ।
आङ्बोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन रहेको बताइएको छ ।
नेपाली कांग्रेसका नेता केदार कार्कीले नेकपा एमालेको समर्थनमा दावी गरेका हुन्। कार्कीले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर बुझाएका छन् ।
कार्कीले धारा ५ अन्तर्गत संसदीय दलको ह्वीप नलाग्ने भएको र पार्टीको संसदीय दलमा कुनै निर्णय नभएको हुँदा आफुले व्यक्तिगत रुपमा दावी गरेको बताए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोशी प्रदेशको मुख्य मन्त्रीमा आङ्बो र कार्कीको दावी पेश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img