बिर्तामोड २५ असोज । बिर्तामोड वडा नं. ५ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नं. ७ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ सेमिफाइनलमा प्रवेश हो ।
बिर्तामोड–५ लाई जित दिलाउन विक्की चौधरीले गरेको खेलको एकमात्रै गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९ औं मिनेटमा बिर्तामोड ७ विरुद्ध गोल गरेका थिए । उनको लामो प्रहार गोल रक्षकले बचाउन गर्न सकेन्न ।
खेलमा गोल गर्ने थुर्पै अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बिर्तामोड ७ ले पराजय भोग्यो । खेलमा बिर्तामोड ५ का २ खेलाडीले पहेँलो कार्ड पाएका थिए । रोचक राईले २० मिनेट र नितेश लिम्बूले ६० मिनेटमा पहेँलो कार्ड पाए ।
आजको खेलमा एक मात्र गोल गर्दै टिमलाई जित दिलाएका बिर्तामोड–५का खेलाडी विक्की चौधरी ‘म्यान अफ दि म्याच’ चुनीए । उनले नगद १५ सय पुरस्कार पाए । उनलाई झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंयाँ र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा भोलि बिर्तामोड वडा नं. १ र वडा नं. २ बिच खेल हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल कात्तिक २ गते हुनेछ ।
चौंथो वडा स्तरीय नकआउट फुटबलः बिर्तामोड ५ सेमिफाइनल प्रवेश



















