HomeFeatured 2कांग्रेसको जात्रुवारी टोल समितिद्वारा शुभकामना आदानप्रदान

कांग्रेसको जात्रुवारी टोल समितिद्वारा शुभकामना आदानप्रदान

बिर्तामोड २६ असोज । बडादशैं नजिकिएसंगै नेपाली कांग्रेस जात्रुवारी टोल समिति बिर्तामोड ५ को आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
आउँदै गरेको बडादशै, शुभदीपावली तथा छठ पर्वको उपलक्ष्यमा टोल समितिले सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका सहभागीहरुले हमास र इजरायल युद्धमा परी १० नेपालीले ज्यान गुमाएको घटनाले सारा नेपालीलाई दुःखी बनाएको बताएका थिए । नेपाली कांग्रेस जात्रुवारी टोल समितिकी संयोजक रुपा राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाँई रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि हुमागाँई, महाधिवेशन प्रतिनिधि सीता पौडेल, क्षेत्र नं २ का सभापति खगेन्द्र मैनाली, जिल्ला सदस्य पुष्पलाल चौधरी ,नगर सभापति भोजराज सिटौला , एमालेका जिल्ला सल्लाहकार घनश्याम गिरी, माओवादी केन्द्रका देवीचरण रेग्मी, राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, हेल्प नेपालकी अध्यक्ष हेमकला कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, कांग्रेसका जिल्ला सदस्यहरु ओमकृष्ण बिमली, प्रकाश शिवाकोटी, नगर कोषाध्यक्ष पार्वता खरेल बिमली, वडा नं ५ का वडा सभापति दीपक मेन्याङ्वो, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, न्यूटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाँई ,पार्टीका क्षेत्रीय सदस्य चन्द्र कट्टेल ,क्षेत्रीय प्रतिनिधि लवकुमार चौधरी, राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशीलगायतको उपस्थिति रहेको थियो । वडा उपसभापति खगेन्द्र प्रसाईले स्वागत गरेको कार्यक्रमको संचालन जनार्दन बास्कोटाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेसको जात्रुवारी टोल समितिद्वारा शुभकामना आदानप्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img