भद्रपुर १९ असोज । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले सेवा सुरक्षा तथा वृति बिकासको लागि ऐन जारी हुनुपर्ने माग राखी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार यहि असोज १६ गते बाट हातमा कालो पट्टि बाँधेर कामकाज गर्दै आइरहेका कर्मचारीले थप दवाव मुलक कार्यक्रम अन्तरगत झापाको भद्रपुर नगरपालिकाका लगायतका स्थानिय तह कर्मचारिहरुले आजवाट कार्यलयमा अनिश्चित कालिन पेन डाउन गरेका हुन् ।
भद्रपुर नगरपालिका गेटमा पेन डाउन गरी धर्ना बसेका संघर्ष समिति भद्रपुर नगरपालिकाकी संयोजक रमला बराल अधिकारीले स्थानीय तहका सम्पूर्ण तह सम्मका कर्मचारी समेत धर्नामा बसी कामकाजमा पेन डाउन गरिएको बताए ।
उहाँले आफुहरुका माग पूरा गराउन सम्पूर्ण राजनीतिक दलहरु संग सहयोगको अपेक्षा गरिएको समेत बताए । कर्मचारीले पेनडाउनका कारण सेवा ग्राहिमा पर्न जाने असुविधा प्रति ऐक्यबद्धता जनाउन समेत आग्रह गरेका छन् ।
अधिकारीले झापा लगाएतका ७५३ वटै स्थानिय तहका कर्मचारी माग पूरा नभय सम्म धर्ना बसि कार्यलय मा पेन डाउन गर्ने केन्द्रीय कार्यक्रम रहेको समेत स्पष्ट पारे ।
आफुहरु माग पूरा गराउन दवाव मुलक आन्दोलनका लागि देशै भरिका कर्मचारी छिट्टै काठमाडौं जाने र
देशै भरिका कर्मचारी भेला हुने स्थानीय तह कर्मचारीहरुले बताएका छन् ।
वृति बिकासको माग राख्दै स्थानीय तहका कर्मचारीद्वारा सेवा बन्द



















