बिर्तामोड । पछिल्लो समय जन्मोत्सव मनाउने आकर्षक स्थल बन्दै गएको छ–बृद्धाश्रम । बिभिन्न कारणले बृद्धाश्रममा आएर बस्न बाध्य बृद्धबृद्धाहरुलाई एकछाक भएपनि मिठो खुवाउने, सकेको दान दक्षिणा गर्ने, उनीहरुका जीवन कथा सुन्ने र केही क्षणका लागि भएपनि मन भुल्याउने गरेका छन् । जसले गर्दा बृद्धबृद्धाहरुमा पनि एकप्रकारको आशा जागृत गराईदिन्छ ।
जन्मोत्सव मनाउनकै लागि झापा अर्जुनधारा–६ कि रूक्मिणा भट्टराईले हिजैदेखि तयारी शुरु गरिन् । चामल भिजाउने, पिठो बनाउने लगायतका काम गरिन् । बिहानै ताता सेलरोटी पकाइन । अनि तिनै सेलरोटी र जुस बोकेर बिर्तामोड–४ स्थित परोपकार अनुसन्धान बृद्धाश्रममा पुगिन् । जहाँ बर्षौंदेखि पूर्वी नेपालसहित विभिन्न ठाउँका बृद्धबृद्धाहरु आश्रित छन् ।
५५ ओै जन्माेत्सवकाे अवसरमा रूक्मिणाले बृद्वाश्रममा रहेका मातापितालाई साेमबार बिहान सेलरोटी खुवाएकी उनले बेलुका सामुहिक भाेजन गराएकाे रूक्मिणाका श्रीमान बिष्णुकुमार भट्टराईले जानकारी दिए ।
जन्माेत्सवकाे अवसरमा रूक्मिणाद्वारा बृद्वाश्रममा सामुहिक भाेजन

































































































