रेजिना गौतम
सति प्रथादेखि चुलो चौकोको चौघेरो तोडेर महिलाले बाहिरी समाज हेर्न, भोग्न र अनुभव गर्न थालेको लामै समय वितिसकेको छ । अझै पनि कतै कतै खाना बनाउने, भाँडा माझ्ने, घाँस काट्ने र गोबर सोर्ने महिलाको काम हो भन्ने मान्यता राख्ने समाजका अवशेषहरू जिवितै छन् । समाजमा सामाजिक मूल्य र मान्यता पाएको यी र यस्ता अवशेषहरूलाइ पनि पन्छाउँदै घर, परिवार मिलाएर महिलालाई बाहिर निस्कन सहज छैन । तर, अवशेष नगन्य हुँदै गएको स्पष्ट छ । त्यसका लागि धेरै महिलाले संघर्ष गरेका छन् । जबसम्म महिला र पुरूष समाजरूपी रथका दुई पाङ्ग्रा हुन् भन्ने कुरा बुझेका थिएनन् त्यो बुझाउन धेरै कसरत गरेको कुरा जगजाहेर नै छ । लामो समयसम्मको महिलाको संघर्ष, समाज रूपान्तरणका लागि काम गर्ने सामाजिक संघ संस्थाहरूको प्रयास सह्ररानीय छ । तर बहुदलीय व्यवस्थामा दलीय आँखा नखुलेसम्म केही हुन सक्दैन त्यो पनि स्पष्ट छ । त्यसकारण व्यवस्था परिवर्तनका लागि महिलाको सक्रियताका कारण परिवर्तित व्यवस्थाले ल्याएको उपलब्धिलाई दिएको दबाब र राजनीतिक दलहरूले देखाएको इच्छाशक्तिका कारण राज्यका हरेक संरचनामा सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित भएको जगजाहेर नै छ ।
राजनीतिक अस्थिरता भएको हाम्रो जस्तो अल्प–विकसित मुलुकमा नीति र ऐन कानूनको उपभोग गर्ने लक्षित वर्ग र समुदाय सक्रिय हुन सकेन भने संवैधानिक बाध्यात्मकता बाहेक धेरै कुराहरु कागजमै सिमित हुन्छन् । तसर्थ प्रतिनिधित्व सुनिश्चित भएर मात्र क्षमता बृद्धि हुँदैन । क्षमता बृद्धिका लागि जिम्मेवारी पाउनुपर्छ । तर, स्थानीय तहमा निर्वाचित अधिकतम महिला जनप्रतिनिधिहरुले पद अनुसारको जिम्मेवारी पाएको अवस्था छैन । एकाध सक्षमले जिम्मेवारी पाउने अधिकारका लागि लडेर लिएको अवस्था छ । हो त्यही जिम्मेवारी प्राप्त गर्ने कडि सिकाउँदै आएको छ–शी लिड्सले । शी लिडस् अर्थात ‘म नेतृत्व गर्न सक्छु’ भन्ने कुरालाई सार्थक बनाउन अघि बढेको शी लिड्सले दलित तथा महिलाहरुलाई आफ्नो हक अधिकार खोज्न र आवाज उठाउन सिकाउनेदेखि उठाएका आवाजलाई राज्यको तहसम्म पुर्याएर ऐन, नीतिमा समेट्न र समेटिएका विषयवस्तुलाई कार्यान्वयनका लागि फेरि झक्झक्याउन सशक्त बनाउने कार्यमा शी लिड्स को प्रयास निरन्तर छ । ‘म नेतृत्व गर्न सक्छु’ भन्ने आत्मबल बढाउँदै आएको दलित महिला केन्द्रले । दलित महिला सेवा केन्द्र आईइएफएसको प्राबिधिक सहयोग तथा स्विस सरकार र अस्ट्रेलियन सरकारको सहयोगमा शी लिड्स परियोजनामार्फत निर्वाचित जनप्रतिनिधीहरुको क्षमता विकासको कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले नेपालका विभिन्न जिल्लाका स्थानीय तहलाई लक्षित गरी नेतृत्वका विभिन्न चरणगत अभ्यासहरु सिकाउँछ । जसले महिलाको नेतृत्व क्षमतालाई मजबुत बनाउँछ ।
महिलाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयनको चरणसम्म पु¥याउनका लागि निरन्तर क्रियाशील शी, लिड्स ले लक्षित वर्ग र समुदायमा गरेको काम आफैंमा अब्बल र सकारात्मक छ । चुलो र चौकाको चौघेरो नाघेर आएकाहरुको सृष्टि संरचना कालदेखि बाहिरी संसार बुझेको समुदायसंग तुलना हुन सक्दैन । त्यसमा पनि राज्यका संरचनामा त झनै कठिन छ । त्यसका लागि महिलालाई निरन्तर बाटो देखाउनु पर्छ । नेपालका विभिन्न जिल्लामा त्यही काम गर्दै आएको छ ‘शी लिड्स’ले ।
प्रतिनिधित्व उपस्थितिको प्रक्रिया मात्र हो । उपस्थितिले मात्रै क्षमता बृद्धि गर्न सक्दैन । पद अनुसारको जिम्मेवारी के हो ? भन्ने विषय महत्वपूर्ण हुन्छ । निश्चित समुदायमा लक्षित संघसंस्थाहरुले आ–आफ्नो लक्ष्य र उद्देश्य अनुसारका कामहरु गरेकै हुन्छन् । फरक यत्ति हो काम गर्ने तौर तरिकामा अपनाइएको कतिपय रणनैतिक स–साना कुराले पनि संस्थागत कामलाई बलियो बनाउँनुका साथै लक्षित वर्ग समूदायमा विश्वास जगाउँछ । त्यही विश्वासका कारण उनीहरु पनि त्यस्ता संस्थाहरुको प्रशंसा गर्न थाल्छन् र उसले देखाएको बाटो हिड्न थाल्छन् । पछिल्लो समय लक्षित वर्गको विश्वासको कसीमा उभिएको छ ‘शी लिड्स ।’
एउटा कालखण्ड थियो जतिबेला महिलाहरुले श्रीमानलाई देवताको रुपमा मान्थे । बृद्ध भएर होस् वा कालगतिले श्रीमानको निधन हुँदा बलेको लासको लप्कामाथि जिउँदो लास राखेर जलाइन्थ्यो । यो दुर्दान्त परिवेशबाट रुपान्तरण हुँदै आएका महिलाहरुको पहुँच देशको नीति निर्माणसम्म पुगेको छ । परिवर्तनको यो दृश्यलाई कम भन्न मिल्दैन । यसको मतलब राज्यका अंगहरुमा लक्षित आवाज बुलन्द बनाउन महिलाको क्षमतालाई तिखार्ने शी लिड्सले बढीजसो स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी तथा पूर्व जनप्रतिनिधिलाई फोकस गर्नुले तल्लो तहदेखि नै सशक्त सहभागिता हुनुपर्छ भन्ने देखाउँछ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बैठकमा भत्ता खान र गणपुरक संख्याका रुपमा मात्रै सहभागी हुनुले महिला र दलितको सहभागिताको अर्थ नरहनेतर्फ सचेत गराउँदै विधिसंवत रुपमा आवाज उठाउनु पर्ने कुरामा केन्द्रित गर्नुले पालिका तहका महिला तथा दलित महिला जनप्रतिनिधिहरुको क्षमतामा निखार्दै लगेको छ ।
वडा तथा पालिकाको बैठक बस्नु पूर्व जानकारी, नीति निर्माण र बजेट बनाउँदा महिलाको सहभागिता, योजना छनौटमा सहभागिता, लक्षित बजेटको नीतिगत व्यवस्था र बजेट बिनियोजन आफ्नो भूमिका जस्ता प्राविधिक कुरालाई फोकस गरेको छ । सुन्दा सानो कुरा, आफैं हुने कुरा जस्तो लागेपनि प्रत्यक्ष राजनितिमा देखिएका १४ हजार ४४६ जना महिला जनप्रतिनिधिहरुलाई कसरी फलदायी र नेतृत्वदायी लिने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।
स्थानीय निर्वाचनमा कतिपय महिलाहरुलाई कोटाकै कारण महिलालाई उम्मेद्वार बनाएपछि वडादेखि पालिकासम्मको नेतृत्वका रुपमा महिलाहरु पुगे । तर, नेतृत्व कसरी गर्ने ? अधिकार कसरी लिने, आफ्नो भूमिका के हो भन्नेबारे स्पष्ट नभएको भन्दै ‘शि लिड्स’ ले निखार्दै र तिखार्दै छ ।
जनप्रतिनिधिको रुपमा निर्वाचित भएर नेतृत्वका लागि बामे सर्दै गर्दा ‘शी लिड्स’ ले हिँड्न सहयोग पु¥याएको दलित महिला तथा महिला वडा सदस्यहरुको भनाई छ । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले महिला जनप्रतिनिधी (वडा सदस्य) का लागि पछिल्लो समय मोड्युलको प्रशिक्षण सञ्चालन गरिरहेको छ ।
नेताको ‘न’ र राजनीतिको ‘र’ समेत थाहा नभएको भन्दै ‘शि लिड्स’ ले नै समाजमा असल नेता कसरी बन्ने? नेतृत्व तहमा कसरी जाने ? जस्ता महत्वपूर्ण कुराहरु सिकाएको बताईन । आफ्नो परिचय समेत अर्कैले गराईदिए हुन्थ्यो नि, भन्ने जस्ता परिस्थितीबाट आफुहरु गुज्रिएको अवस्थामा सयौँ र हजारौको भिडमा समेत बोल्न सक्ने क्षमता बनाउन ‘शी लिड्स’ले सहयोग पु¥याएको तालिममा सहभागीहरुको दावी छ ।
‘शी लिड्स’ ले दिएको नैतिक शिक्षालाई सहि ढंगबाट प्रस्तुत गरेर महिलाहरुको हकहित र संरक्षण गर्दै जिविकोपार्जनमा समेत सहयोग पु¥याउने बिर्तामोड–१ कि यमुना आचार्य बताउँछिन् । धेरै कुराबारे जानकार नै भएपनि शी लिड्सले जानकारी भएकै कुरालाई पनि कसरी प्रयोग गर्ने भन्ने प्राविधिक नलेज दिने गरेको भनाई छ ।
शी लिड्सले गरेका यस्ता कार्यको सम्मान गर्नैपर्छ । संगसंगै यो कार्यलाई औपचारिक वा अनौपचारिक रुपमा राजनीतिक दल विभिन्न तहका नेतृत्वमा पनि महिलालाई ल्याउनु पर्छ भन्ने दवाव सिर्जना भएको पाइन्न । पार्टीका अधिवेशनहरुमा वडा तहदेखि केन्द्रीय तहसम्म नेतृत्व वा पदाधिकारी ल्याउने कुरामा महिला नेतृृहरुले दवाव सिर्जना नसक्दा र प्रायः सबै राजनीतिक दलहरुले पनि खाली कोटामा रिक्तस्थानंम पुरयत भने झैं गर्दा महिलाहरु राजनीतिक अभ्यासमा अझै पनि कमजोर छन् । आन्तरिक अभ्यास गर्ने अवसर नपाएका महिला एकैचोटी जनप्रतिनिधि भएर पदिय जिम्मेवारी र अधिकारको उपयोग गर्ने कुरामा महिलाहरु कमजोर देखिनु स्वभाविक हो । तसर्थ अब दलहरुका आन्तरिक फोरमहरुमा पनि पदाधिकारीमा महिला नेतृत्व स्थापनाका लागि सचेत गराउने कार्यमा काम गर्न सके नेतृत्व गर्ने महिलाहरु अझ निखारिन्छन् भन्दा अन्यथा नहोला ।
पार्टीमा महिला नेतृत्व स्थापित गर्नपनि शी लिड्स शिक्षा आवश्यक

































































































