झापा । निर्दोष कर्णबहादुर गौतमको निर्मम र बीभत्स हत्या भएको ५२ वर्षपछि सर्जमिलसहित सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ।
उनको परिवार बिचल्लीमा परेको, राज्यपक्षले हालसम्म कुनै सहयोग नगरेको, क्षतिपूर्ति , सामन्य र मानवीय सहयोग समेत नगरेको निष्कर्षसहित गौतम समाज झापाले सत्यतथ्य सहित सर्जमिनको माग गरेको हो।
परिवारका तर्फबाट जेठोछोरा ललितकुमार गौतम र कान्छी बुहारी धनमाया गुरुङ गौतमले न्यायका लागि राज्यपक्षको ढोका ढक्ढक्याएका छन् । उनीहरूले घटनाको स्थलगत सर्मिन गरी यथार्थ बाहिर ल्याउन माग गरेका हुन् ।
तत्कालीन नक्सली विद्रोहीहरुले कर्णबहादुर २०२८ साल जेठ २ गते झापा तत्कालीन ज्यामिरगडी विचार्नीचोक नजिक लालझोडा भन्ने स्थानमा भाला र चुप्पी रोपेर बीभत्स हत्या गरेका थिए। निर्दोष कर्णबहादुर त्यसबेला रघुवीर बुढाथोकीको घरखेतमा मजदुरी गर्थे।
त्यसबेला नक्सलपन्थी वामपन्थी समूहले रघुवीरको हत्या गर्ने योजना बनाएको थियोे । रघुकीरको हत्या गर्न नसक्ने देखिएपछि तत्कालीन समयका धनाढ्यहरुलाई तर्साउनका लागि सो समूहले ूसामन्तको घोडाू भन्दै कर्णबहादुरको हत्या गरेको थियो।
नक्सलबारीबाट उत्थान भएको वामपन्थी विचार अङ्गालेका र नक्सलबादी घटनाबाट प्रभावित भएका केही व्यक्तिले त्यसबेला टाउको काट्ने अभियान चलाएका थिए। उनीहरूले त्यसलाई सामन्त सफाया गर्ने झापा विद्रोहको नाम दिएका थिए ।
गौतम समाज झापाले सोधेको छ,ू बीभत्स हत्या गरिएका निर्दोष कर्णबहादुरलाई वामपन्थी सरकारले कसरी हेर्यो , हिरिरहेको छ र हेर्छरुू
कर्णबहादुर झापा विद्रोहको योजनामा २०२८ सालमा राजनैतिक हत्या गरिएका पहिलो व्यक्ति हुन् ।
गौतम समाजले स्पष्ट पारेको छ, ूसोझा कर्णबहादुर जमिन्दार थिएनन्। उनी समाजसेवा साथै सो बेला त्यसक्षेत्रका जमिन्दार रघुवीरको खेतबारीमा काम समेत गर्दथे । कर्णबहादुर त्यो बेला ज्यामिरगडी गाउँ पञ्चायतको सो क्षेत्रको वडाध्यक्ष समेत थिए।ू
त्यससबेला झापामा वामपन्थी झुकाव र राजनैतिक चेतना अग्रणी थियोे भनिन्छ। त्यही निष्कर्षका साथ एकाकार भएका युवाले सामन्तहरुले गरिब, निमुखामाथि अन्याय गरेको स्वघोषणा गरेर झापाका धेरै जग्गावाला विरुद्धमा वामपन्थीले आक्रमण गर्ने योजना बनाएका थिए। त्यही क्रममा जमिन्दार रघुवीरको सेवक रहेका कर्णबहादुरको हत्या गरेको जानकारहरु बताउँछन् ।
कर्णबहादुरको हत्याको कारुणिक दृश्य भाइ हेमबहादुर गौतम यसरी सुनाउँछन् ,ू त्यसबखत म ज्यामिरगढीमै थिएँ। २०२८ सालमा सामन्तको घोडा भनेर दाजुलाई हतियाधारीले मारे। दाजुलाई देख्दा शरीरमा रगतैरगत थियो, चोटैचोट देखिन्थ्यो, भुइँ भिजेको थियो।ू मारिएका आफ्ना दाजैको हत्याको घटना उनी बारम्बार सुनाउँ छन्। तर, न्याय दूर बनिरहेको छ।
हेमबहादुरको साविक पहाड इलाम भोर्लेनी घोषगाउँ हो । उनी अहिले ज्यामिरगढीमा बस्छन्। ज्यामिरगढी मेचीनगर नगरपालिका ( १५ मा पर्छ।
नक्सलवादीहरुबाट हत्या गरिएका कर्णबहादुरको परिवार अहिले बेहाल अबस्थामा इँटाभट्टा दक्षिणको हेल्दुबारी गाउँमा बसेको छ। कर्णबहादुरको परिवारलाई सरकारबाट आर्थिक सहयोग गर्न जरुरी छ। जसले उनीहरूको पीडामा मल्हमपट्टी हुन्छ।
कर्णबहादुरका जेठा छोरा अविवाहित छन् । पारिवारिक पीडाले आफू अविवाहित बसेको सुनाउँछन् । कर्णबहादुरका कान्छो छोरा तिलकबहादुर बेपत्ता छन् । उनको कुनै टुङ्गो छैन।
कर्णबहादुरकी कान्छी बुहारी धनमाया शारीरिक रुपले अशक्त छन् । धनमायाकी एकजना छोरी दृष्टिविहीन छन्। अर्की छोरी वैदेशिक रोजगारीमा गएर जोडेको १ कठ्ठा जमिनमा उनीहरूले बास छ। नगरपालिकाले दिने मासिक भत्ताले उनीहरूको गुजारा चलेको छ।
गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमको नेतृत्वमा जिल्ला सचिव सोमनाथ गौतम,कोषाध्यक्ष लक्ष्मीप्रसाद गौतम, प्रवक्ता राजेन्द्र गौतम , गौतम समाज मेचीनगर ( १५ का वडाध्यक्ष रामचन्द्र गौतम, समाजका पूर्वजिल्ला सहसचिव पदम गौतम र सदस्य उमाकान्त गौतम सहितको टोलीले वडाध्यक्ष गुणराज भट्टराई ९ राजन ० लाई मागपत्र बुझाएको छ।
मागपत्रमा २०२८ सालमा तत्कालीन नक्सली बिद्रोही पक्षबाट किसान विद्रोहको नाममा गरिएको पहिलो हत्यामा परेका निर्दोष कर्णबहादुर र उनको परिवारलाई राज्यबाट सम्मानसहित सम्बोधन गर्नुपर्ने माग गरिएको छ।
वडाको सर्जमिन र सिफारिस प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय झापामार्फत थप प्रक्रिया अघि बढाउने तयारी भएको समाजका जिल्ला अध्यक्ष नीतिरमणले बताए ।
यो विषयमा झापाक्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पटकपटक छलफल भएको छ।
मेचीनगर ( १५ का वडाध्यक्ष भट्टराईले सत्यतथ्य बुझेर समाजलाई सर्जमिन र सिफारिस दिने वचन दिएका छन् । आफ्नो तर्फबाट गर्ने कामा छिटो सक्ने आश्वासन भट्टराईले दिएका छन् ।
प्रमाण र आवश्यक कागजात सहित प्रक्रिया अघि बढेपछि कर्णबहादुरको परिवारलाई न्याय दिलाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सांसद शर्माले प्रतिबद्धता व्यक्त गरेको समाजका जिल्ला अध्यक्ष नीतिरमणले बताए ।
३ को ( को सामेल थिए झापा विद्रोहमा स्(
मोहनचन्द्र अधिकारी, नेत्र घिमिरे , विरेन राजवंशी , रामनाथ दाहाल, कृष्ण कुइकेल, केपी ओली, सिपी मैनाली, आरके मैनाली, नारायण श्रेष्ठ लगायत । अधिकारी, ओली र मैनालीद्वय बाहेक अरुलाई पञ्चायती सरकारले २०२८ सालमा झापा र इलामको सीमा सुखानीमा पुर्याएर सफाया गरेको थियोे । जसलाई नेपाली कम्युनिष्टले सुखानी हत्याकाण्ड भन्छन्। सुखानीलाई ूमक्कामदिनाू मान्छन् ।
३ त्यसबेला झापामा को ( को मारिए स्(
२०२९ जेष्ठ २ गते कर्णबहादुर गौतम
२०२९ असार २७ गते बुटन चौधरी
२०२९ कात्तिक ४ गते विष्णुप्रसाद विमली २०२९ कात्तिक ४ गते इश्वरी चुडाल
२०२९ मंसिर २३ गते रुद्रकान्त चौधरी
२०२९ मंसिर २३ गते धर्मप्रसाद ढकाल र छोरा ज्ञानीराम ढकालको हत्या गरिएको थियो ।
निर्मम हत्या गरिएका कर्णबहादुर गौतमको ५२ वर्षपछि सर्जमिनसहित सत्यतथ्य सार्वजनिक गर्न माग

































































































