बिर्तामोड । महिलाहरुलाई सीप सिकाएर आर्थिक रुपमा स्वाबलम्बी र व्यवसायिक बनाउने उद्देश्यले झापाको विर्तामोडमा सोमबारदेखि महिलाहरूका लागि सिलाई कटाई सम्बन्धि एक महिने निःशुल्क एड्भान्स तालिम शुरू भएको छ ।
महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा सञ्चालन हुने तालिममा बिर्तामोड नगर क्षेत्रभित्रका विपन्न तथा एकल १० जना महिलाको सहभागिता रहेको बताइएको छ ।
आयोजक संस्थाकी बरिष्ठ उपाध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं–५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको प्रमुख अतिथि प्रसाईले उद्घाटन गरेका थिए । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि प्रसाईंले तालिमलाई अवसरका रुपमा लिएर सीकेको सीपलाई सिर्जनामा बदल्न सक्ने हुन आग्रह गर्दै महिला उद्यमीले गरेको कामको प्रशंसा गरेका थिए ।
तालिमको सहजीकरण बिर्तामोड–५ स्थित होमा डिजाइनरकी सञ्चालक सर्मिला अधिकारीले सहजीकरण गर्ने बताइएको छ । महिला उद्यमी संघ नेपालकी संस्थापक अध्यक्ष गोमा भट्टराईले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव यमुना तिवारीले गरेकी थिइन् ।
महिलालाई सिलाई कटाई सम्बन्धी एडभान्स तालिम शुरु

































































































