भद्रपुर । झापाको चन्द्रगढिमा गत असार २३ गते देखि संचालित १५ दिने जीवन बिज्ञान योग विधि सम्बन्धि प्रशिक्षण आज सम्पन्न भएको छ ।
मात्रृ भजन समूहद्वारा आयोजित प्रशिक्षणमा स्थानियहरुको उल्लेखनिय मात्रामा सहभागिता रहेको थियो । कार्यक्रममा गुरु लक्ष्मण् नेउपाने र पुष्पा पोख्रेल नेउपानेले सहजीकरण गरेका थिए ।
तुलसी पोख्रेल को प्रमुख आतिथ्यतामा सम्पन्न समापन प्रशिक्षणको अध्यक्षता पदमा चापागाईं र सन्चालन ज्योति नेउपाने रिजालले गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, गोविन्द लम्साल लगायतले मन्तव्य राखेका थिए ।
१५ दिने योग शिविर सम्पन्न

































































































