HomeFeatured 2देशभर वीपीको सम्झना

देशभर वीपीको सम्झना

बिर्तामोड ६ साउन । जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर आज देशभर बृक्षरोपण, विचार गोष्ठी लगायतका विविध कार्यक्रम सम्पन्न भएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादी सिद्धान्तका प्रतिपादक एवं साहित्यिक क्षेत्रमा समेत विशेष योगदान दिनुहुने वी.पी.को स्मरण नेपाली कांग्रेस एवं आबद्ध भातृ तथा शुभेच्छुक संघसंस्थाहरुले गरेका हुन् । वि.सं १९७१ भदौ २४ गते जन्मनुभएका वीपीको २०३९ साल साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।
यसै दिवसको अवसर पारेर झापाको विर्तामोडमा नेपाल विद्यार्थी संघले विचार गोष्ठी सम्पन्न गरेको छ । विचार गोष्ठीमा प्रमुख अतिथि एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले तत्कालीन अवस्थामा पूर्ण प्रजातन्त्र भएको मुलुक अमेरिका र कम्युनिष्ट शासन ब्यवस्था भएको रुस दुबैको पक्षमा सिधै समर्थन नगर्ने नीति अख्तियार गर्दै भारतसहितका थुप्रै देशहरुको सहभागितामा प्रजातान्त्रिक समाजबादको नीति प्रतिपादन भएको र त्यसमा वी.पी. कोइरालाको मुख्य भूमिका रहेको चर्चा गरे।
बीपीसँगको भेट र सान्निध्यबारे चर्चा गर्दै सि के प्रसाइले बनाउनुभएको सुशील– विश्व निकेतन बिर्तामोडमा बस्दा तीन दिन आफू वीपीको स्वकीय सचिब जस्तै भएर बसेको र त्यसबेला वीपीबारे धेरै बुझ्ने मौका पाएको स्मरण गराए ।
बीपीको स्मरण शक्ति तीक्ष्ण रहेको एवं बीपीले सिकेलाइ अत्यन्तै बिश्वास गर्नुभएको उल्लेख गर्दै नेता शिवाकोटीले आफुले तत्कालीन शासकहरुसँग डराएर बन्द समाजभित्र संगठन गर्दाका समस्या सुनाएका थिए ।
२०८४ को चुनाबपछि स्वभाबिक रुपमा युबा पुस्ताको पालो आउने बताउँदै उनले राजनीतिमा लाग्ने युवाहरूलाई निष्ठा, त्याग, समर्पण र बिचारप्रती प्रतिबद्ध रहन आग्रह गरे।
कार्यक्रमका विशेष अतिथि एवं जिल्ला उपसभापति केशबराज पाण्डेले निष्ठा, त्याग, समर्पण, सादगी जीवन ब्यतित गर्ने ब्यक्ति बीपीको सच्चा अनुयायी हुने बताउँदै अहिले शान, सौकत, आलिशान भवन, गाडी, २०–२५ जना अघिपछि लाग्ने कार्यकर्ता खोजेर बीपीको अनुयायी हुन नसकिने धारणा राखे। बिचार, दृष्टिकोण, परिस्कृत समाज स्थापनाका लागि बीपीको बिचारले सबैलाई एकै ठाउँमा उभ्याएको चर्चा गर्दै उनले वीपीको अनुयायी हुन जीवनशैली परिवर्तन जरुरी रहेको धारणा पनि राखे ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जनताका प्रतिनिधिले शासन गर्ने ब्यवस्था स्थापनाका लागि काङ्ग्रेसले तत्कालीन शासकहरुसँग युद्धको नियम पूरा गरेर मात्रै शसस्त्र बिद्रोह गरेको उल्लेख गर्दै काङ्ग्रेसले कहिल्यै ब्यक्तिहत्या नगरेको धारणा राखे ।
कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती लगायतले मन्तब्य राखे। नेविसंघ झापा सभापति सञ्जय निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जितेन साम्पाङ, एवं सञ्चालन गोकुल पौडेल र एलेक्स मैनालीले गरेका थिए।
वीपी स्मृति दिवसकै अवसर पारेर झापाको भद्रपुर–९ स्थित वीपीको शालिकमा माल्यार्पण एवं प्रजातान्त्रिक समाजवादबारे चर्चा गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रम संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नगर सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुमा घिमिरेले स्वागत गर्नुभएको थियो भने केशवराज पाण्डे लगायतले मन्तब्य राख्नुभएको थियो ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका वडा नं–४ मा ‘वीपीको प्रजातान्त्रिक समाजवाद र आजको राजनीतिक कार्यदिशा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिव कृष्ण हुमागाई, महाधिवेशन प्रतिनिधि भुमा घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पार्टीका वडा सभापति खेम काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष न्यौपाने र सञ्चालन सुनिल वि.कले गरेका थिए ।
यसैगरी नेपाली कांग्रेस बुद्धशान्ति गाउँसमितिको आयोजनामा वीपी स्मृति दिवसकै सन्दर्भ पारेर बृक्षरोपण एवं विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य लीला ढकाल, क्षेत्रीय सदस्य देवी सुवेदी, महिला संघ सभापति गायत्रा भट्टराई, प्रकाश शेर्मा लगायतले मन्तब्य राखेका थिए ।
चक्र शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मनिस दाहाल र सञ्चालन कृष्ण खतिवडाले गरे ।
यसैगरी नेपाली कांग्रेस दमक नगर समितिले रक्तदान र बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ भने नेपाल विद्यार्थी संघ दमक नगर समितिले दमकको गणतन्त्र चोकमा दीप प्रज्ज्वलन गरेको छ ।
बीपी अध्ययन प्रतिष्ठान गौरादह र नेपाली कांग्रेस गौरादहको संयुक्त आयोजनामा गौरादहमा विचार गोष्ठी सम्पन्न भएको छ भने सबै वडाहरुमा बृक्षरोपण गरिएको बताइएको छ ।
नेपाली कांग्रेस कमल गाउँसमितिले वीपी स्मृति दिवसको अवसरमा वृक्षरोपण गरेको छ । यता मेचीनगर समितिले धुलाबारीमा बृक्षरोपण सम्पन्न गरेको छ ।
त्यसैगरी नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले वीपी स्मृति दिवसको अवसरमा दमक अस्पताल दमकमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2देशभर वीपीको सम्झना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img