झापा । नेपाली कांग्रेस पार्टीका संस्थापक नेता वीपी कोइरालाको आज ४१ औं स्मृति दिवस । आजको कांग्रेसजनहरुले कुनै न कुनै माध्यमबाट वीपीलाई सम्झने प्रयत्न गर्छन् । स्मरण गर्नु आफैंमा राम्रो हो ।
तर स्मृति दिवसका अवसरमा मात्रै सम्झेर वीपीले परिकल्पना गरेको लोकतन्त्र र राष्ट्रियताको संरक्षण संभव छ ? भन्ने प्रश्न गम्भीर बन्दै गएको छ ।

नेपाली कांग्रेसबाट संविधानसभा सदस्य बनेका शोभाकर पराजुलीले वीपी लाई केवल जन्म र निधनको तिथिमा मात्र सम्झने कर्मकाण्डबाट सबै मुक्त हुनुपर्ने बताउँदै भन्छन्–‘लोकतन्त्र र राष्ट्रियताको संरक्षण गर्दै राष्ट्रको समुन्नतिका लागि निरन्तर सजग, समर्पित एवं सक्रिय रहनुपर्छ, अहिले जस्तै जब जब हामी बाटो बिराउँछौं तब तब हामीले वीपीलाई सम्झनुपर्छ ।’
वर्तमानमा लोकतन्त्र र राष्ट्रियतामाथि विभिन्न कोणबाट आक्रमण भैरहेको पाउछौं।–‘पराजुली भन्छान्–‘लोकतन्त्रकै आवरणमा यसलाई कमजोर पारिंदैछ, यस्तो दुष्प्रयास गर्दै राष्ट्रिय एकता, सामञ्जस्यता, मेलमिलापलाई कमजोर बनाइंदैछ ।’–पराजुलीले थपेका छन्–‘वीपीको आदर्शले सही मार्गमा हिड्ने प्रेरणा मिलोस् ।’

































































































