Homeसमाचारवी.पी.को स्मरण, प्रजातान्त्रिक समाजवादको चर्चा

वी.पी.को स्मरण, प्रजातान्त्रिक समाजवादको चर्चा

बिर्तामोड ३ साउन । जननायक वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको सन्दर्भ पारेर झापाको विर्तामोडमा विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस बिर्तामोड ५ नम्बर वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेसका संस्थापक नेता वी.पी.कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादका विषयमा चर्चा गरिएको हो । सो क्रममा वी.पी.को राजनैतिक तथा साहित्यिक ब्यक्तित्व, नेपालमा प्रजातन्त्र स्थापनाका लागि उहाँले जीवनभर गर्नुभएको संघर्ष, उहाँका अनुयायीहरुले अपनाउनुपर्ने जीवनशैली लगायतका विषयमा चर्चा परिचर्चा भएको थियो ।
बिचार गोष्ठीमा महाधिवेशन प्रतिनिधि एवं वडाका लागि खटिनुभएका प्रतिनिधि तेजप्रसाद चौलागाईंले नेपाली माटोमा जन्मिएर यहाँको आवश्यकता अनुसार प्रजातान्त्रिक समाजबादी बिचारधारा प्रवाह गर्ने नेताहरु नेपाली काङ्ग्रेसमा मात्रै रहेको चर्चा गर्दै काङ्ग्रेसको चारतारे झण्डा समेत जेलमै बनेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहुनभएका चौलागाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वी.पी.को विचार र ब्यक्तित्व उत्तिकै लोकप्रिय रहेको बताउँदै उहाँले आम नागरिकको जीवनस्तर सुधारका लागि ल्याउनुभएको नीति समयानुकुल परिमार्जन गर्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका बिशेष अतिथि तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले कम्युनिष्ट तानाशाही ब्यवस्थामा सबै ब्यक्तिगत स्वतन्त्रताहरु हनन् हुने बताउँदै वी.पी.ले धनी र गरिबबीचको बर्गीय अन्तर हटाएर सबै नागरिकको समान पहुँच स्थापित गर्ने लक्ष लिनुभएको बताउनुभयो ।
बुलेटबाट होइन ब्यालेटबाट मात्रै सत्ता प्राप्त गर्न सकिन्छ भन्ने मूलभूत सिद्धान्तकै कारण नेपालमा प्रजातान्त्रिक शासन ब्यवस्थाको प्रारम्भ भएको बताउँदै उहाँले २००७ साल अघिको चुनौतिपूर्ण घडीमा समेत वी.पी.सहितका कांग्रेस नेताहरुले अदम्य शाहस र आत्मविश्वासका साथ संघर्ष गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा वडा सभापति दिपक मेनेङबोले आगामी साउन २० गते वडा सम्मेलन मिति तय गरिएको जानकारी दिदै संगठनलाई सुदृढ बनाउन सबै कार्यकर्ताको क्रियाशिलता जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सदस्य लीला मैनाली, प्रकाश शिवाकोटी, घनश्याम चौधरी, युवराज प्रसाई, विरु दर्नाल लगायतले मन्तब्य राख्दै पार्टीभित्र हाम्रालाई छोडेर राम्रालाई अवसर दिने पद्धति बसाल्न पार्टी नेतृत्व पंक्तिलाई आग्रह गर्नुभएको थियो ।
वडा सभापति मेनेङबोको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा नेपाली कांग्रेस क्षेत्र नम्बर–२ प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य, विर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई लगायतले मन्तब्य राख्नुभएको थियो । वडा उपसभापति सुष्मा पौडेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडासचिव राजेशप्रसाद नेपालले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सदस्यहरु पुष्पलाल चौधरी, ओमकृष्ण विमली, एविसि नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, उद्योग बाणिज्य संघ विर्तामोडका सहकोषाध्यक्ष राधिका चुडाल, प्रेस युनियन झापाका निवर्तमान अध्यक्ष इन्दु पूर्वेली लगायत महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिहरु एवं वडा कार्यसमितिका पदाधिकारी–सदस्यको उपस्थिति रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवी.पी.को स्मरण, प्रजातान्त्रिक समाजवादको चर्चा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img