HomeFeatured 2भद्रपुर–१० मा लम्पिस्किनको प्रकोप बढ्दो

भद्रपुर–१० मा लम्पिस्किनको प्रकोप बढ्दो

भद्रपुर । विगत केही समययता झापासहित देशभर गाईबस्तुमा देखिएको लम्पी स्किनको प्रकोपले झापाको भद्रपुर १० तीब्र रुप लिएको छ । लम्पीको प्रकोपकै कारण भद्रपुर १० का डमर श्रेष्ठको गाई मरेको बताइएको छ भने कमल अधिकारि, नयानाथ पाण्डे, किशोर कोईराला, सुमित्रा पाण्डे लगायतका थुप्रै कृषकले पालेका पशुहरु लम्पीको संक्रमणका कारण विरामी परेका छन् ।
विरामी परेका चौपायामा ज्वरो आउने, जिउभरी डाबर, घाउखटिरा, आउने लक्षण देखा परेको सम्बन्धीत पशुधनीहरुले बताएका छन् ।
नगरपालिकाले समयमै औषधी भ्याक्सिनको व्यवस्था नगरेमा अधिकांश कृषकहरु, पशु महामारीको चपेटामा पर्ने शहिद चोक टोल बिकास संस्थाका अध्यक्ष ढाकालाल अधिकारीले बताए।
उहाँले महामारी नियन्त्रण गर्न पालिकाहरुले तत्काल भ्याक्सिनको ब्यवस्था गर्दै नियन्त्रणका लागि जनचेतना फैलाउनु पर्ने धारणा राखे।
पशु बिज्ञान तथा भेटेनरी कार्यालय झापाकी प्रमुख शितल भट्टराईले भने अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकारबाट न्यून परिणाममा आयात गरिएको औषधी झापाका १५ वटै स्थानिय तहहरुलार्इ बितरण गरिएको बताइन् । त्यस्तै चालू यसै आर्थिक बर्षबाट भने बजेट तय गरेर नियन्त्रणका लागि विशेष अभियान नै चलाइने समेत जानकारी दिइन।
उता भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले भेटेरीनरीबाट प्राप्त औषधि प्रयाप्त नभएकोले नगरपालिकाले महामारी नियन्त्रणका लागि थप औषधि खरिद गर्दै पशु चौपाया रहने गोठ र आ–आफ्नो गाई बस्तुलाई सरसफाई राख्न नगरबासीहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरिरहेको बताए ।
औषधि र भ्याक्सिन को बयावस्था गर्दै महामारि नियान्त्रण गर्न नगरपालिकाले विशेष पहल गर्नु पर्ने यश क्षेत्रका स्थानियकिसानरुको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुर–१० मा लम्पिस्किनको प्रकोप बढ्दो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img