विर्तामोड । काठमाडौंमा मुख्य कार्यालय रहेको अनलाइन न्युज पोर्टल केन्द्रविन्दु डट कम. प्रा.लि.ले विर्तामोडस्थित देवी माध्यमिक विद्यालयलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेशन अवार्ड विशेष शैक्षिक सम्मान’बाट सम्मान गरेको छ ।
यही असार ३१ गते काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच देवी मा.वि.सहित देशभरका २२ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको देवी मावि विर्तामोडका प्र.अ. अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरुको शैक्षिक गुुणस्तर खस्किएको आमधारणालाई चिर्दै उच्चतम शैक्षिक प्रतिफल प्राप्त गर्न सफल विद्यालयको रुपमा देवी माविलाई सम्मान गरिएको हो ।
विद्यालयका शिक्षक उमेश शाहका अनुसार राष्ट्रिय परीक्षा बोर्डको प्रतिवेदन, नतिजा विश्लेषण, शिक्षाविदको सुझाव, अध्ययन–अध्यापनको वातावरण, भौतिक पूर्वाधारको अवस्था, विद्यालयमा भर्नादर, शैक्षिक गुणस्तर लगायतका आधारमा उक्त मिडियाले सामुदायिक विद्यालयहरुलाई सम्मान गर्दै आएको छ ।
झापाका सामुदायिक विद्यालयमध्ये शैक्षिक गुणस्तरका हिसावले निक्कै अग्रस्थानमा गनिने देवी माविमा हाल तीनहजार आठसय बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आशिष बनले जानकारी दिनुभयो । शैक्षिक गुणस्तर बढेसँगै विद्यार्थीको आकर्षण बढेपछि उक्त विद्यालयमा विद्यार्थी भर्नाका लागि इन्ट्रान्स परीक्षा समेत लिइदै आएको छ ।
विद्यालयमा प्रविधिको प्रयोगमार्फत पनि शिक्षा दिइदै आएको अध्यक्ष बनले बताउनुभयो । उहाँका अनुसार नयाँ विद्यालय ब्यवस्थापन समिति आएपछि विद्यालयमा सि.सि. टि.भि क्यामेरा जडान गरिएको छ भने चारतले भवन निर्माणाधिन छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मासिक रुपमा परीक्षा लिई विद्यार्थीहरुको कमिकमजोरी सुधार गर्ने गरिएको अध्यक्ष बनले जानकारी दिनुभयो ।
साइन्स ल्याव, कम्प्युटर शिक्षा लगायतका प्राविधिक शिक्षा समेत दिइदै आएको विद्यालयले एस.इ.इ.मा पनि उत्कृष्ठ नतिजा हात पार्दै आएको छ ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य, नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा शिक्षाविद विद्यानाथ कोइराला लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका चार विद्यालयहरु सम्मानित भएका थिए । जसमध्ये देवी मा. वि. बिर्तामोड, पोखरिया मा. वि. मोरङ, पब्लिक मा .वि. धरान, बरूणेश्वर मा. वि . ओखलढुंगा रहेका छन् । कार्यक्रमका बीच देशभरीका २२ वटा सामुदायिक विद्यालय सम्मान गरिएको थियो ।
देवी माविलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स एजुकेशन अवार्ड

































































































