काठमाडौँ १ साउन । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल इभिएमआइएएन (EVMIAN) मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा आगामी भदौ १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो हुने भएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एक्स्पो आयोजना गर्न लागिएको हो ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उदेश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहनुका साथै १५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन् ।
एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको उल्लेखनिय सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।
यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने विश्वास गरिएको छ । एक्स्पोले विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी गराएका छन् ।
विद्युतीय गाडी देखिएसंगै उत्पादित विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउने दावी पनि आयोजकको छ ।
यसका साथै प्रदर्शनीले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने बताइएको छ । गत आर्थिक बर्षको तथ्यांक अनुसार आयातका हिसाबले कार जिप भ्यानको शिर्षकमा विधुतीय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ भने विद्युतीय दुर्इ पाङ्ग्रे , रिक्सा माइक्रोवस वस तथा अन्य सवारी साधनहरुमा पनि उल्लेख्य मात्रामा बढेको छ ।
पछिल्ला दिनहरुमा प्रायः जसो ग्राहकहरुको रोजाइ विधुतीय सवारी नै हुने गरेको र आर्थिक मन्दीको अवस्थामा पनि विधुतीय सवारीहरु राम्रो सँग बिक्री भै रहेको EVMIAN का अध्यक्ष तथा यस एक्स्पोका सम्योजक श्यामसुन्दर सापकोटाले बताए । EVMIAN को उद्देस्य र कार्यक्रमहरु माथि थप प्रस्ट पार्दै सापकोटाले, EVMIAN विधुतीय सवारी साधन सम्बन्धी काम गर्ने आयतकर्ता, निर्माणकर्ता, ब्यवसायी, डिलर, चार्जिङ स्टेसन सन्चालक सबैको साझा संस्था रहेको जानकारी दिए ।
बिगत ११ बर्ष देखी विधुतीय सवारीको प्रवद्र्धन, विस्तार तथा नीति निर्माणको काममा सहयोग गर्दै आएको संस्थाले पहिलो पटक एक्स्पो EVMIAN को आयोजना गर्न लागेको सापकोटाले बताए ।
विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाल ईभी एक्स्पोको तयारी

































































































