बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को नयाँ कार्यसमितिले आजदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।
बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा शनिबार (आज) आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथग्रहण गर्दै पदभार सम्हालेको हो।
यही जेठमा नयाँ कार्य समितिको निर्वाचन भएको थियो । संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले नेतृत्व गर्दै आएको संस्थाको अब शिवाकोटी नेतृत्वको समितिले एनएमसीको सञ्चालन गर्नेछ ।

समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल र सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, रामप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली सर्वसम्मत चयन भएका छन्।
रचना दाहाल संयोजक रहेको लेखा सुपरीवेक्षण समितिको सदस्यद्वयमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती रहेका छन्।
निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती संस्थाको नयाँ व्यवस्था अनुसार कार्य समितिको वरिष्ठ सदस्यको रुपमा रहनेछन् ।

































































































