बिर्तामोड । महिलाहरुको वाककलाको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले झापाको बिर्तामोडमा ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम आजदेखि शुरु भएको छ ।
पूर्वेली महिला समूहको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालित तालिमको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले उद्घाटन गरे ।

समूहकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रसाईले बोल्न नजान्दा भोगेको असहजताबारे जानकारी गराउँदै अवसरलाई भरपुर सदुपयोग गर्न सहभागीलाई आग्रह समेत गरे ।
समूहकी अध्यक्ष विमलीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा चेम्बर अफ कमर्शका झापा अध्यक्ष ओम विमली, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहकी सहसचिव अञ्जना गौतम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शान्ता भट्टराईले स्वागत गरेकी थिइन् । ३० जना बढि महिलाहरुको सहभागिता रहेको तालिमको नारी सञ्चार गृहकी कोषाध्यक्ष स्वस्तिका आचार्यले सहजीकरण गर्ने आयोजक समूहकी अध्यक्ष विमलीले जानकारी दिइन् ।

































































































