इन्द्रप्रसाद ओली
धर्म भन्ने बित्तिकै कुनै वस्तुको गुण चरित्र स्वभाव भन्ने बुझिन्छ । कतिले धर्म भन्ने बित्तिकै कतिले आफूले मान्दै गरेको संस्कार संस्कृतीलाई बुझ्ने गरिन्छ । कतिले पूजा पाठ दान, कर्म काण्ड आदिलाई बुझिन्छ । तर धर्म र संस्कार संस्कृती लाई फरक फरक तरिकाले हेर्न वा बुझ्न सकिएन भने धर्मको अर्थ अपुरो हुन सक्छ । जुन वस्तुको कहिल्यै नफेरिने विशेषता हो धर्म । धर्मको आफ्नै स्वभाव,गुण र चरित्र हुन्छ । कतिले धर्म भनेको सेवा हो भन्छन् । तर, धर्म कसरी बुझ्ने भन्दा जस्तो आगोको धर्म तातो हुनु हो । पृथ्वीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु सितलता दिनु पानीको धर्म प्यास मेट्नु भनेजस्तै मानिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव नभएर दानव हुन पनि सक्छ । मानव हुन गुण, चरित्र, स्वभावले भरिपूर्ण हुनुपर्छ । धर्म वा धर्मको विवेक बिना मानव हुन सम्भव छैन । धर्मका विशेषता भित्र मानवीय गुण, धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, अर्काको धन सम्पत्तीमा आँखा नलगाउनु वा चोरी नगर्नु, शुद्ध पवित्र रहनु, आफ्ना इन्द्रियलाई आफ्नो बसमा राख्नु, बुद्धि विवेकको सहि प्रयोग गर्नु, ध्यानी ज्ञानी विवेकी हुनु, सत्य बोल्नु, नझर्किनु नरिसाउनु, कसै प्रति हिंसा गर्ने चेष्टा वा भावना नलिनु खानपान आहारविहारमा शुद्धता, प्राणीमा सद्भाव प्रकृतिको रक्षा गर्नु यस्ता सद्गुणहरु नै धर्मको परिभाषामा पर्द्छन ।
नेपालमा विषेश गरेर धर्मको महलमा लेख्दा वा लेखाउदा हिन्दु बौद्ध, किराँत,जैन, शिख, वोन तथा प्रकृति पुजक भनेर लेखिन्छ । यसलाइ समगमा सनातन धर्म वा ॐकार परिवार भनेर सम्बोधन गरिन्छ । सनातन भन्ने बित्तिकै हामीले बुझ्ने भनेको सनातन परापूर्वकालदेखि चलिआएको परम्परा वा त्यही मानवीय सद्गुण रूप नै सनातन धर्म हो ।
सनातन धर्म कुनै एक व्यक्ति वा एक गुरुबाट आएको होइन यो त हजारौ ऋषि सन्तमहन्त धर्मगुरुबाट खोज अनुसन्धानबाट प्राप्त ज्ञान पद्धती हो । कसैले धर्म होइन । त्यही भएर सनातन(हिन्दु, बौद्ध , किराँत, जैन, शिख वोन प्रकृति पुजक–धर्मका प्रवर्तक कोही व्यक्ति छैनन र हुदैनन। सनातन धर्मका प्रर्वतक साक्षात् ईश्वर नै हुन । सनातन धर्म विश्वको सबैभन्दा पुरानो जेटो र विज्ञान सम्वत र वैज्ञानिक धर्मको रुपमा लिइन्छ । शास्त्रीय प्रमाणका रुपमा हेर्दा विश्वको सबैभन्दा पुरानो ग्रन्थ भनेको वेद नै हो । वेदको आधारमा व्याख्या गरिएको हँुदा सनातन धर्मलाई वैदिक सनातन धर्म भनिएको हो । कहिले काहीँ कतिपय अवस्थामा लेखाइ, बोलाइमा सरल रुपमा सनातन धर्मलाई हिन्दु धर्म भनिन्छ । वेदमा सिन्धु भनिन्थ्यो भने कालिका पुराण, मेरुतन्त्र, शार्ङ्गधर पद्धति आदि ग्रन्थहरूमा हिन्दु शब्दको प्रयोग छ । सनातन धर्मलाई हिन्दु धर्म भन्नुमा विभिन्न विद्वान हरुले यी ५ कारणहरू प्रमुख छन् भनेर परिभाषित गरेको पाइन्छ । हिन्दु किन भनियो त ः
– हिंसाबाट दूर टाढा रहने भएको हुनाले । – हीन आचरण र विचारलाई दोष दिने भएकोले ।
– कठोर साधनाबाट शरीरका र मनका दोषलाई हिंसित (नष्ट) गर्ने भएकाले – हिंकारको शब्द गर्ने गाईलाई दुहुने वा सम्मान गर्ने भएकोले –हिमालयदेखि इन्दुसरोवरसम्मको सदाचार पद्धति भएकोले ।
सनातन हिन्दु धर्मका को लक्षण ः–ॐकारका–हिन्दु, बौद्ध, किराँत, जैन, शिख,जैन,वोन (प्रकृतिपुजक) मूल मन्त्र मान्ने, सदाचार(असल गुण आचरण)मा रहने, माता, पिता, गुरुजन आदिलाई श्रद्धा सम्मान गर्ने, वेदशास्त्रको वचन पालन गर्ने, जन्मदिने माता,गिता,गौमाता, गङ्गा, तुलसी दुर्गा पृथ्वीमाता। यी सात मातालाई केन्द्रमा राखी देवादी आफ्ना इष्ट देवता मूर्तिको पूजा गर्ने, ईश्वरमा पुर्ण भक्ती आस्था राख्ने ॐ कार, सनतन धर्म मान्नेलाई हिन्दु भनिन्छ ।
जसरी प्रकृतिले कसैलाइ विवेद गरेको हुदैन त्यसरी नै हिन्दुधर्ममा जाति, वर्ग, लिङ्ग र समुदायको विच विवेद वा पक्षपात गरेको हुदैन । यो सबैका लागि समान छ समान रूपले सम्मान गर्न सिकाउने धर्म सनातन वा वैदिक हिन्दु धर्म नै हो । यदि कसैले धर्मको नाममा विवेद गर्दछ जो कसैले पनि त्यो धर्म भित्र पर्दैन सरासर त्यो विकृती पाखण्डिपन हो । जब जो वैदिक वा सनातन हिन्दु धर्मको आचरणमा छ र उ माथी विभेद रहन्छ भने त्यसको निन्दा गर्नुपर्छ सचेत गराउनु पर्छ । जसरी प्रकृतिले सबै मानव, पशुप्राणी प्रकृति सबैमा समान व्यवहार छ त्यसै गरी शास्त्र वा धर्म कसैप्रति विभेद छैन ।
कतिपय अवस्थामा हिन्दु धर्ममा छुवाछुत छ विभेद छ घृणछ भनिन्छ यो भ्रमित हल्ला हो । जसले त्यस्तो कुरा गर्दछ वा विभेद गर्दछ उ शास्त्र अध्ययन नगेरेको वा अरुले फैजाएको वैचारिक कुटिल जालमा छ । उ न धर्म गुरु वा सनातन धर्मको रक्षक वा पालना गर्ने व्यक्ती होइन । यदि कसैले के गर्दछ त्यही व्यक्तिको निजी विचार हो । धार्मिक विचार वेद उपनिषदको हो । धर्म त धारणा हो, देखाउनका लागि गरिने होइन । आफ्ना मानी ल्याएका कुल देवता इष्ट देवता ईश्वर मान्ने कुरा हो । धर्म विश्वास मान्ने का लागि हो । जसले (आदि दैविक, आदि अध्यात्मिक, आदि भौतिक) धर्ममा विश्वास गर्दछ उसले मान्ने हो विश्वास नहुनेले नमान्न पनि सक्छ । तर धर्म भनेको पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, । धर्म आफ्नो संस्कार संस्कृतिको पहिचान हो, अस्तित्व स्वाभिमान हो, यो परिर्वतन कारी वा परिवर्तन गर्न मिल्दैन । केहीले धर्म परिर्वतन ग¥यो भन्छन धर्म परिर्वतन हुने वस्तु होइन । धर्म त धारण गर्ने चिज हो । धर्म आडम्बर धमण्ड, अन्धविश्वास होइन । राज्यको धर्म हुदैन, नेपालको संविधानमा धर्म निरिपेक्ष लेखियो आज निरपेक्षवादी सरकार विबेकहिन र नागरिक माथी कु्ररशासक भएको तथ्य यहाँहरुमा जग जाहेर नै छ । किन कि धर्म भनेको विवेक हो विवेक नभएको शासकबाट फेरि असल गुण चरित्र खोज्नु त्यो मुर्खता मात्र हो । संविधानसभामा छलफल नगरी जनताको चाहनाविपरीत संविधानमा धर्मनिरपेक्ष लेखिएको छ त्यसलाइ परिवर्तनको ठूलो उपलब्धी मानियो । त्यसैका पछाडी हुल बाधी नागरिक दौडिए । तिनैलाई नेता स्विकार गरे अनि आज देश टाट पल्टियो प्रहरीले तलव पाएनन वैक बन्द भए अराजकता भयो भनी चिच्याउनुको अर्थ छैन जब विवेक नै नभए मत दिनेले आफूलाई नै मम भन्नू शिवाय केही छैन । हामीले २०६३ मै सचेत गरायौ । संविधानसभाको चुनावमा खवरदारी गरेका थियौ । ६०१ संसदलाई व्यक्तिगत रुपमा पनि पत्र सहित खबरदारी गरेका थियौ । त्यो अवस्थामा कानमा तेल हाल्ने अहिले बेला वितेपछि कराउनु को अर्थ के ?
तर हामीलाई धर्म निरपेक्षको बँुदा मान्य छैन र धर्मको नाममा कसैप्रति विभेद गर्दछ भने त्यो पनि स्विकार्य छैन । अब राष्ट्रप्रेमी विचारशील जनता जागौ उठौ धन्धुकारी नेता र व्यवस्थाको विरोध मात्र होइन अवस्था व्यवस्था दुबैको परिर्वतन गरांै ।
हाम्रा पूर्वजहरूको लामो इतिहास छ । हाम्रा थर गोत्र ती इतिहासका साक्षी प्रमाण हुन् । हाम्रा चाडपर्व, रीतिरिवाज भाषा, कला, साहित्य, संस्कृति हाम्रा पहिचानका आधार हुन् । धामीले धर्म छोड्दा विस्तारै हाम्रा ती सबै पहिचानका आधारहरू छुट्दै जान्छन्। अनि हामी पनि समाप्त हुन्छौँ । हामी कसैले पनि आफ्नो धर्म छोड्नु हुँदैन । धर्म आमासमान हो । जन्म दिनेआमा जस्तो भए पनि आमा हुन् । फेर्न सकिँदैन। धर्म पनि त्यस्तै हो । धर्म पहिचान र अस्तित्व हो । त्यसैले धर्म छोड्न हुँदैन । पूर्खाले मानिआएको धर्म छोड्दा आफ्नो पहिचान र अस्तित्व हराउँछ । धर्म र संस्कृति हराउँछ समग्रमा आफ्नोपन हराउँछ । आफ्नोपन एकदिन हामी र देश हराउँछ । धर्म र संस्कृति विनाको देश प्राणविनाको शरीर जस्तै हो । धर्म र संस्कृतिविना देश धेरै दिन टिक्दैन । भनिन्छ शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए सस्कृती । संस्कृती हराए पहिचान पहिचान हराए राष्ट्र र राष्ट्र हाराए हामी र हाम्रो अस्तित्व ।
हिन्दूधर्म नेपालको आफ्नो मौलिक रैथाने धर्म संस्कृती सभ्यता हो । यहाँका मानिसहरू परापूर्वकालदेखि हिन्दूधर्म मान्दै यहाँ सम्म आइपुगेका छौ। हिन्दुधर्मको मूल आधार वेद हो । वेदको विस्तार यहीँका वेदव्यासले गरेका हुन् । हिन्दुहरूको मूल ग्रन्थ गीता, महाभारत र पुराण लेख्ने व्यास नेपालकै धर्तीका सत्पुत्र हुन् । रामायण लेख्ने बाल्मीकि नेपालका हुन । हरेक हिन्दूको घरमा पूजिने शालिग्राम गण्डकी नदीमा नेपालमै मात्र पाइन्छन् । विश्वमा जहाँ बसे पनि हरेक हिन्दुले नेपालको पशुपतिलाई आराध्यदेव राष्ट्रदेव भगवानको रुपमा मान्छन मान्छौ ।
मुक्तिनाथ, देवघाट नगई नहुने तीर्थको रुपमा लिन्छौ । हिन्दूधर्ममा नेपाल धर्तीको सम्मान हुने भएकाले हिन्दूधर्म नेपालको मौलिक रैथाने धर्म हो । सनातन हिन्दु धर्म नेपालको पहिचान अस्तित्व हो । हिन्दू, बौद्धधर्म, किराँत, जैन,शिख वोन प्रकृति पुजक धर्म, यहाँका बासिन्दाका आफ्ना परम्परागत धर्म यहाँका रैथाने धर्म हुन् । यी सबैलाई ॐकार परिवारभित्र समेट्न सकिन्छ । यी सबैलाई समेट्न सनातन हिन्दूधर्म भन्नुपर्छ । यिनको गरिमाले देशको गरिमा जोगिन्छ । यिनको इज्जतले देशको इज्जत जोगिन्छ । त्यसैले नेपालका सबै जाति वर्ग र समुदायका मानिसले आ–आफ्नै परम्पराको आफ्ना पूर्खाको धर्मको पालन गर्नुपर्छ । धर्मले समग्र सभ्यताको प्रतिनिधित्व गर्ने भएकोले त्यही सभ्यता मेटाउन दिनुहुदैन । हाम्रो देशमा धर्मनिरपेक्षता लादिएको छ संविधानबाट हो अटाउनु पर्छ ।
नेपाल परापूर्वकालदेखि हिन्दुराज्य नै थियो। केही विधर्मी हरुले जानेर नजानेर वा अरुको इसारवकाउमा लागेर गरेको कुरा नेपाली जनता लाई स्विकार्य छैन । वास्तवमा हिन्दु धर्म मान्यताको रूपमा आज पनि छ र भोलि पनि रहन्छ नै । विगतको संविधानसभामा छलफल नगरी जनताको चाहनाविपरीत संविधानमा धर्मनिरपेक्ष लेखिएको भए पनि त्यो राष्ट्रप्रेमी विचारशील जनतालाई स्वीकार्य छैन ।
राज्यको धर्म हुँदैन भन्नेलाई प्रश्नःराज्यको अस्तित्व हुनुपर्छ कि पर्दैन? राज्यको सभ्यता हुन्छ कि हुँदैन ? सभ्यताभित्र संस्कृति हुन्छ कि हुँदैन ?, संस्कृतिभित्र पूर्खाको इतिहास हुन्छ कि हुँदैन? इतिहासभित्र पहिचान हुन्छ कि हुँदैन?, पहिचानभित्र धर्म हुन्छ कि हुँदैन ? समग्रमा धर्मले सभ्यताको प्रतिनिधित्व गर्ने भएकोले सभ्यता मेटाउन देशमा धर्मनिरपेक्षता लादिएको हो । यसैका कारण आज देश संकटमा छ । धर्म निरपेक्षता गृहयुद्धको बीउ नबनोस्–जिम्मेवारीमा रहने हरु बेलामा सचेत हुन ।

































































































