Homeसमाचारअलपत्र रहेको जिपी भवन र अरनिको माविको भवन निर्माण हुने

अलपत्र रहेको जिपी भवन र अरनिको माविको भवन निर्माण हुने

भद्रपुर । ६ वर्षयता निर्माण कार्य रोकिएर अलपत्र बनेको झापा जिल्लाकै गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अगाडि बढ्ने भएको छ ।
गणतन्त्र नेपालको प्रतीकका रूपमा ७ वर्ष अगाडि निर्माण थालिएको सो भवन निर्माण रोकिएकै कारण निर्माण सम्पन्न गर्ने मिति समेत गुज्रिएर अलपत्र परेपछि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको सहकार्यमा संघीय मामिला मन्त्रालय मार्फत भवन निर्माण अवधि थप गराउँदै निर्माण कार्य अगाडि बढाएका हुन् ।
सरकारकै बेवास्ताका कारण निर्माण कम्पनीले अलपत्र छाडेको भद्रपुर ८ स्थित मेची रंगशाला पश्चिमपट्टि अलपत्र रहेको भवन निर्माणमा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले चासो राखेपछि संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालय मार्फत निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
तत्कालिन सांसद कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको प्रतिकका रूपमा कोशी प्रदेशकै सर्वाधिक ठूलो क्षमता भएको सभाहल सहितको बहुद्देश्य व्यवसायिक भवनका रूपमा निर्माण थालनी गराएका भए पनि २०७४ को निर्वाचनयता लगातार दुई निर्वाचनमा परिजित भएपछि सरकारको नेतृत्व गर्ने दलको उपेक्षामा परी अधुरो छाडिएको सो भवन अहिले लागु औषध सेवनकर्ता र अनैतिक क्रियाकलाप गर्ने अखडामा परिणत भएको छ ।
२०७२ साल असार २८ मा वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदारले भव्य समारोहकाबीच संयुक्त रूपमा जिपी भवनको शिलान्यास गरेका थिए ।
चारै दलका शीर्ष नेताहरूले एकसाथ सो भवनको शिलान्यास गरेकोले तोकिएको समयमै भवन निर्माण हुने जनविश्वास गरिएको थियो । काँग्रेस सभापति समेत रहेका तत्कालीन प्रधानमन्त्री कोइरालाको पालामा भवन शिलान्यासपछि देशमा सातजना प्रधानमन्त्री बनिसकेका छन् । तर कुनै पनि प्रधानमन्त्रीको पालामा प्राथमिकतामा नपर्दा सरकारी स्वामित्वको महत्वपूर्ण सो भवन ६ वर्षयता निर्माण नै रोकिएर अलपत्र छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट र तत्कालीन जिल्ला विकास समिति ९हाल जिसस० को रेखदेखमा भवन बन्न सुरु भएको थियो । प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रूपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको थियो । दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । निर्माणाधीन भवनको लम्बाई ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ ।
सो भवनको पहिलो तलामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तलामा दुई वा तीन वटा बैंक अटाउने फ्ल्याट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभाहल बनाइने गरी प्लानिङ गरिएको छ । जसमा ९६ वटा पिलर रहेका छन् भने प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएका छन् ।
साढे सात वर्षको अवधिमा निर्माण कम्पनीले तीन तलाको फाउन्डेसन उठाएर त्यत्तिकै छाडिदिएको छ भने भवनको काम बन्द भएको पनि ६ वर्ष हुन लागेको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालका अनुसार जिपी भवनका लागि ५ करोड बजेट खातामै छ । उनले भने, ‘५ करोड रकम खातामा भए पनि अब भवन निर्माण सम्पन्न गर्न थप ५ करोड बजेट आवश्यक देखिएको छ ।
सरकारको यत्रो ठूलो गौरवको योजना अलपत्र छाडिएकोप्रति निरन्तर चिन्ता व्यक्त गर्दै आइरहेका काँग्रेस नेता सिटौलाले यस पटक भने आफ्नै पार्टीको गठबन्धन सरकारसित जिपी भवनको स्वामित्व ग्रहण गरी निर्माण चालु गराउन भूमिका खेलेका छन् ।
नेता सिटौलाले भद्रपुर नगर प्रमुख गणेश पोखरेललाई काठमाण्डौ बोलाई जिपी भवनको गाँठो फुकाउन सहजीकरण गरिदिएका हुन् । नगरभित्रका कुनै पनि आयोजना अलपत्र पर्नु नहुने भन्दै सिटौलाले एक दशकयता अलपत्र बनेको अरनिको माविको भवन निर्माणका लागि समेत संघीय मामिला मन्त्रालय मार्फत काम अगाडि बढाउन सहजीकरण गरिदिएको नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।
२०६७ सालबाट तत्कालिन जिविस रहँदै भवन निर्माण प्रकृया थालिएको विद्यालय भवन एक दशक पार गर्दा समेत निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र भवन मै कष्टकर पठनपाठन पीडा खप्न बाध्य विद्यार्थी, शिक्षक कर्मचारीले पटक पटक जिल्ला समन्वय समिति झापामा विरोध गर्दै धर्ना तथा नारा जुलुस गरिसकेका छन् ।
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन भद्रपुर ३ स्थित सूर्यनगरमा रहेकोअरनिको माध्यमिक विद्यालयको भवन वर्षौयता अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएपछि अधुरो विद्यालय भवनमै पठनपाठन भइरहादा भवन निर्माण पूरा गराउने दायित्व समेत नलिएको स्थानीय जिम्मेवार निकाय जिल्ला समन्वय समितिलाई आरोप लाग्ने गरेको थियो ।
नगर प्रमुख पोखरेलले जिपी भवन र अरनिको माविको भवन तत्काल निर्माण थालनी हुने गरी सम्पूर्ण काम पूरा भएको समेत जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअलपत्र रहेको जिपी भवन र अरनिको माविको भवन निर्माण हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img