Homeसमाचारन्यायालय सुधारका लागि कानून व्यवसायी सुध्रिनुपर्छ–व्यवसायी

न्यायालय सुधारका लागि कानून व्यवसायी सुध्रिनुपर्छ–व्यवसायी

भद्रपुर । झापाका कानून व्यवसायीहरुले न्यायलयप्रतिको वेतिथी हटाउन कानून व्यवसायीहरु आफै सुध्रिनुपर्ने बताएका छन् ।
नेपाल बार एशोसिएसन झापाद्वारा चन्द्रगढीमा बिहिवार आयोजित नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कानून व्यवसायीले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै एशोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अशोक पोखरेलले २०८० सालमा नेपालको न्यायपालिकाको आचरणमा सुधार आउने बताए ।
बरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेतीले अस्थिर सरकारका कारण नेपालको न्यायपालिकामा सुधार आउन नसकेको बताउदै पछिल्लो समयमा न्यायलयमा हुने गरेको बेतिथि चिन्ताजनक अवस्थामा रहेको बताए। बेतिथि रोक्न कानून व्यवसायी आफै लाग्नु पर्ने र त्यसको सुरुवात झापा बाटै गर्नु पर्नेमा जोड दिए ।
बारका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्यायालयप्रतिको बेतिथि रोक्न नेपाल बार प्रतिबद्ध भएर लाग्ने बताए।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बार र बेन्च बिचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला न्यायधिबक्ता प्रकाश गौतम कानून व्यवसायीहरु नारायणप्रसाद पौड्याल, नारायण श्रेष्ठ, शान्ता पाठक, जीवन अधिकारी लगायतले बोल्दै २०८० सालमा देशमा सुशासन अमन चयन कायम हुने विश्वास व्यक्त गरे।
एशोसिएसन अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष भिम बरालले गरेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारन्यायालय सुधारका लागि कानून व्यवसायी सुध्रिनुपर्छ–व्यवसायी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img