HomeFeatured 2सिरुवा पर्वको अवसरमा अन्तरघुलन कार्यक्रम सम्पन्न

सिरुवा पर्वको अवसरमा अन्तरघुलन कार्यक्रम सम्पन्न

बिर्तामोड । सिरुवा पर्वको अवसरमा राजवंशी महिला समाजले अन्तरघुलन कार्यक्रम सम्पन्न गरेको छ । समाजकी केन्द्रीय अध्यक्ष सनम राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्मान, विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

No description available.


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले मिश्रित समाजमा सबैले सबैको सांस्कृतिक मौलिकताबारे जानकार हुनु जरुरी रहेको बताउँदै आ आफ्नै मौलिकतामा रमाउनु नै नेपालको विशेषता रहेको बताइन ।
सिरुवा पर्व पहिलो पटक राजवंशी समुदायका महिलाबाहेक अन्य समुदायका महिलाहरु बीच पनि मनाउनुपर्छ र राजवंशी समुदायको सांस्कृतिक पर्वबारे अन्य समुदायका महिलाहरुले पनि बुझाउनका लागि पहिलो पटक पार्टी प्यालेसमा कार्यक्रम गरिएको केन्द्रीय अध्यक्ष सनम राजवंशीले सर्मिला राजवंशी स्पष्ट पारिन ।
सो अवसरमा गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजवंशीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बिशेष अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, बिर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरूङ, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, अभय राजवंशी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
रूपा राजवंशीले स्वागत गर्दै ठूलाले सानाको शिरमा पानी खन्याएर आशिर्वाद दिने सातसागी खाने चलन लगायत सिरुवाका विशेषताबारे जानकारी दिएकी थिइन् । कार्यक्रमको सञ्चालन सर्मिला राजवंशीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिरुवा पर्वको अवसरमा अन्तरघुलन कार्यक्रम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img