Homeसमाचारविक्री कक्षा र वितरकको शुष्म अध्ययन गर्ने, वास्तविक पीडितलाई सम्पर्कमा आउन आह्वान्

विक्री कक्षा र वितरकको शुष्म अध्ययन गर्ने, वास्तविक पीडितलाई सम्पर्कमा आउन आह्वान्

बिर्तामोड । ग्लोबल ओरियन्स नेपाल प्रालि कम्पनीले देशभरका विक्री कक्षा र वितरकको शुष्म अध्ययन गर्ने भएको छ । अध्ययन (मनिटरिङ) का क्रममा बिक्री कक्ष र वितरकबाट गल्ति कमजोरी भएको पाइएमा कारवाही गर्न आफू प्रतिवद्ध भएको कम्पनीका अध्यक्ष बसन्त पण्डितले प्रतिवद्धता जनाए ।
केही दिनअघि केही सञ्चार माध्यममा कम्पनीका बिषयमा प्रकाशित समाचारले ध्यानाकर्षण भएको जनाउँदै बिर्तामोडमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी त्यस बिषयमा कम्पनीले छानविन गर्ने र गलत भएको पाइए कारवाही गर्ने जनाएको हो ।
कम्पनीको कसैलाई ठगी गर्ने उदेश्य नरहेको बताउँदै कम्पनीका अध्यक्ष पण्डितले कुनै बितरक र बिक्री कक्षबाट त्यस्ता कार्य भएको भए छानविन गरी कानुनी कारवाही गर्ने तथा कम्पनीको बिक्री कक्ष र बितरकबाट पीडित बनेका ब्यक्ति सम्पर्कमा आए कम्पनीको नियमानुसार न्याय दिने प्रतिवद्धता समेत जनाए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजुमा मुख्य कार्यालय रहेको कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायहरुबाट अनुमति लिएर सामानहरु बिक्री बितरण गरिरहेको दावी गरेको छ । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष पण्डितले २०७७ असार २९ गते बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बमोजिम इजाजत पत्र प्राप्त गरेको बताए ।
अध्यक्ष पण्डितका अनुसार अहिलेसम्म ५० प्रकारका बिभिन्न इम्युनिटी पावर भएका हर्बल कस्मेटिकहरु र दैनिक उपभोग्य समानहरु देशभरका ३० वटा बिक्री कक्षहरुबाट बिक्री वितरण बिक्री गर्दै आइरहेको छ ।
कम्पनीले ऐनले तोके अनुसार नै स्थानीय निकायमा सम्पूर्ण दर्ता प्रक्रिया पूरा गरेर बाणिज्य बिभागबाट अनुमती लिएर बिक्री कक्षहरु ठाउँ–ठाउँमा सञ्चालन गरेको छ’ अध्यक्ष पण्डितले भने ‘ती मध्ये बिर्तामोडको बिक्री कक्ष पनि एक हो ।’ हाल कम्पनीमा दुईहजार दुईसय भन्दा ब्यक्तिहरु वितरकको रुपमा काम गरिरहेका अध्यक्ष पण्डितले बताएका छन् ।
प्रत्यक्ष बिक्री ऐनमा व्यवस्था भए वमोजिम ऐनको दफा १४ बमोजिम १८ बर्ष उमेर पुगेका कुनै पनि नेपाली नागरिकहरु विक्रि सम्झौता फर्म भरी वितरक बन्न सक्ने जनाइएको छ । वितरक बनीसकेपछि विक्रि अनुपातको आधारमा ऐनले नै व्यवस्था गरेको दफा १५ तथा नियमावलीको दफा १० तथा निर्देशिकाको दफा १० को उपदफा १ बमोजिम जतिसुकै तह भएपनि विक्रि मुल्यको अधिकतम ४२ प्रतिशत भन्दा बढी नहुने गरी कमिसन वा वानेस वा सेवा सुविधा वितरकहरुले प्राप्त गर्न सक्ने अध्यक्ष पण्डितले बताए ।
केही दिन अघि केही सञ्चारमाध्यममा कम्पनीको नाम उल्लेख गरेर आएको समाचारमा सत्यता नभएको जनाउँदै संस्थाका अध्यक्ष बसन्त पण्डितले वास्तविक पीडित नभइ प्रतिशोधको भावनाबाट अफवाह फैलाउने काम भएको जनाएका छन् ।
समाचारमा कम्पनीबाट ठगिएको, गुनासो राख्न आउँदा बन्धक बनाइएको जस्ता गलत भएको बताए । वास्तविक पीडित भए र कम्पनीको नियामानुसार भए अहिले पनि गुनासो सम्बोधन गर्न तयार छौं, पण्डितले भने–‘तपाईहरुकै रोहवरमा बसेर गुनासो सम्बोधन गर्छौं, हाम्रो सम्पर्कमा त आउनु पर्यो नी वास्तविक पीडितले कोही त आउनु भको छैन, उनले थपे–‘उहाँहरु सम्पर्कमै आउन चाहनु हुन्न ।’ कम्पनीको सम्पर्कमा आउन नचाहनुको कारण नियतबस कसैको उक्साहटमा लागेको हुनसक्ने अनुमान गरिएको छ । अध्यक्ष पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘सामान खरिद गरेर प्रयोग गरिसकेपछि कम्पनीसंग मेरो दायित्व छ भने अफवाह फैलाउने कार्य र यसलाई प्रतिसोधको भावनाबाट समाचार सम्प्रेषण् गर्ने केही शैली नै यस व्यवसायका अपवाद हुन । उपभोक्ताले आफूले तिरेको रकम बराबरको सामान प्राप्त गरी उपभोग गरीसके पश्चात कम्पनीसंग कुनै दायित्व हुँदैन

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविक्री कक्षा र वितरकको शुष्म अध्ययन गर्ने, वास्तविक पीडितलाई सम्पर्कमा आउन आह्वान्
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img