HomeFeatured 2वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवको आयोजनामा नयाँवर्षको शुभकामना कार्यक्रम

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवको आयोजनामा नयाँवर्षको शुभकामना कार्यक्रम

बिर्तामोड । नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको क्लवको आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । पूर्व अध्यक्ष क्लबकी संयोजक राधा सुब्बाको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमारसिं साँवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

May be an image of 4 people, dais and temple


पूर्व अध्यक्ष क्लबकी सचिव संगीता चिमरियाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि साँवा, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, बिरु बेघा, बिरता जेसीजका पूर्व अध्यक्ष तथा उत्कृष्ठ नागरिक छनौट समितिका संयोजक किरण श्रेष्ठ, रमेश पोखरेल, मेचीनगर लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष टिका सुवेदी, वीरता लेडी जेसीज सन २०२३ की अध्यक्ष संगीता गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पूर्व अध्यक्ष उर्मिला खरेलले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौलाले प्रकाश पारेकी थिइन् । पूर्व अध्यक्ष शुष्मा पौडेलले जेसीज आस्था वाचन गरेको कार्यक्रममा झुमा भट्टराई चुडालले जेसीआई भिजन वाचन गरेकी थिइन् ।
कार्यक्रममा गीत, एकल तथा सामुहिक नृत्य, कविता प्रस्तुत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवको आयोजनामा नयाँवर्षको शुभकामना कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img