भद्रपुर । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी झापाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा १४० जना महिला सहित २२५ जनाले सेवा लिएका छन् ।
आइतबार चन्द्रगढीस्थित अञ्जनी मोडको आदर्श बोर्डिङ स्कूलमा सम्पन्न शिविरको उद्घाटन जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले गरेका थिए ।
केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर–७ का वडाध्यक्ष अभिषेख ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए । शिविरको उद्घाटनमा केन्द्रका सचिव धनप्रसाद शिवाकोटीले सञ्चालन र बाबुराम कार्कीले मन्तब्य राखेकी थिइन्। शिबिरको प्राविधिक सहयोग भने दृष्टि आँखा अस्पतालको रहेको थियो ।
प्रहरी सेवा केन्द्र चन्द्रगढीको आँखा शिविरमा २२५ ले लिए सेवा

































































































