HomeFeatured 2अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव: विद्युतीय सवारी साधनतर्फ

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव: विद्युतीय सवारी साधनतर्फ

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विद्युतीय सवारी साधन तर्फ उपभोक्ताको आकर्षण बढेको पाइएको छ । 
महोत्सव सञ्चालन भए यता विभिन्न कम्पनीका तिन वटा कार र आधा दर्जन भन्दा धेरै स्कुटर र केही थान विद्युतीय साइकल बिक्री भएको छ । 
आइतबार अपरान्ह टाटा नेक्सोन इभी एक्सजेट प्लस विद्युतीय कार बिक्री भएको हो ।
बिर्तामोडका भवानीप्रसाद खरेलले ४० लाख ९९ हजार मूल्यको विद्युतीय कार खरीद गरेको अलास्का अटोमोबाइल्स प्र.लि. का सेल्स मेनेजर एजल न्यौपानेले जानकारी दिएका छन् । उक्त विद्युतीय गाडी फुल चार्ज हुदाँ २ सय ५० किलो मिटर सम्म चल्ने उनले बताए । 
३० किलो वाट ब्याट्री क्षमता रहेको विद्युतीय कार का लागि नेपालका विभिन्न १९ वटा स्थानमा फास्ट चार्जिङ स्टेसन रहेका छन् । घरमा पनि कारको ब्याट्री चार्ज गर्न सकिने अलस्काले जनाएको छ । 
विद्युतीय कार वातावरणीय र सरल आर्थिक हिसाबले  उपयुक्त रहेको छ । विद्युतीय गाडी खरीद गर्ने उपभोक्ताहरूलाई खरीद मूल्यको ८० प्रतिशत सम्म फाइनान्स सुविधा हुने गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव: विद्युतीय सवारी साधनतर्फ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img