HomeFeatured 2एबिसीको अगुवाईमा नेपाल–भारत सीमामा मानव तस्करी तथा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

एबिसीको अगुवाईमा नेपाल–भारत सीमामा मानव तस्करी तथा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया

भद्रपुर । मानव तस्करी तथा लागू पदार्थ ओसार–पसार न्यूनिकरण गर्ने उद्देश्यले नेपाल–भारत सिमावर्ती भद्रपुर–गलगलिया क्षेत्रमा अन्तरक्रिया सम्पन्न भएको छ ।
एविसी नेपाल, साना हातहरु, विश्व सेवा, मानव अधिकारका लागि महिला एकल महिला, शसस्त्र प्रहरी सीमा सुरक्षाबल भद्रपुर, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा खुल्ला सिमानाका कारण मानव तस्करी तथा दुव्र्यसन नियन्त्रण जटिल भएको निष्कर्ष निकाल्दै दुवै देशका सरोकारवालाहरुबीच आपसी समन्वय भए असंभव भने नभएको बताएका छन् ।

No description available.


नेपालतर्फबाट मानव बेचविखन, ओसार–पसार, लागू औषध दुव्र्यसन न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएका सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भद्रपुर नगरपालिकाका उपप्रमुख, नेपाल–भारत मैत्री संघका प्रतिनिधि र सिमावर्ती भारतको गलगलिया सिमानाकास्थित शसस्त्र सुरक्षा बलको संलग्नता रहेको अन्तरक्रियामा नेपालतर्फबाट सहभागि प्रतिनिधिहरुले गलगलियामा लागू औषध विक्री सहज भएका कारण नेपालमा समस्या सृजना भएको भन्दै भारतीय सुरक्षाकर्मीको ध्यानाकर्षण गराएका थिए ।
नेपाली प्रतिनिधिको कुरा सुनेपछि भारतीय एसएसबी कमाण्डर सुरेन्द्र सिंहले नेपालले कहिले पनि खराब काम नगर्ने बताउँदै आफूले नेपालको सदा सम्मान गर्ने बताए । पैसा लिएर सही कारोबार गर्नेलाई आफूले सम्मान गर्ने बताउँदै खराब काम गर्नेलाई आतंककारीका संज्ञा दिने बताए ।
गलगलिया नाकाबाट नेपाललाई समस्या हुने कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता जनाउँदै कमाण्डर सिंहले अपराध नियन्त्रणमा सूचनाको महत्वपूर्ण हुने बताए । लागू औषध नियन्त्रण तथा मानवतस्करीमा संलग्न आशंका भए तत्काल सूचना दिन आग्रह पनि गरे । समय हुँदै सूचना पाएमात्रै समस्या समाधान गर्न सकिने उनको भनाई थियो ।
सो अवसरमा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले मानव तस्करी र दुव्र्यसन समस्या भएको भन्दै नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरिन् ।
नेपाल प्रहरीका सन्तोषकुमार बुढाथोकी र शसस्त्र प्रहरीका रामकुमार घिमिरेले वर्तमानमा मानव तस्करी र दुव्र्यसन सम्बन्धीका घटनाबारे तथ्यगत अवस्थाबारे जानकारी गराएका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका प्रमुख लोकराज ढकालले मानवीय सेवाका क्षेत्रमा काम गर्ने रेडक्रस सदैव मानवीय सेवा संवेदनशिलताका क्षेत्रमा काम गर्न तत्पर रहेको बताए । सो अवसरमा भद्रपुर नगरपालिका वडा नंं–७ का वडाध्यक्ष अभिशेक ढुङ्गानाले सिमा क्षेत्रमा हुने अपराध हुने कारण, र मानव तस्करी तथा दुव्र्यसनमा संलग्न हुनुको कारण, त्यसले घर परिवारमा निम्त्याउने समस्या र उनीहरुको मानसिकता जस्ता विषयमा आफ्नो अनुभव शेयर गरेका थिए ।
त्यस्तै साना हातहरु नेपालका प्रतिनिधि जगत बाग्लेले नेपालमा सहज रुपमा उपलब्ध नहुने लागू औषध भारतीय बजारमा सहज र सहुलियतमा खरिद गर्न पाउँदा दुव्र्यसनी बढेको बताउँदै भारतीय बजार गलगलियामा लागूऔषध बेचबिखनमा कडाई गर्न आग्रह गरेका थिए ।
एबीसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण सम्बन्धी सरोकारवालासंगको अन्तरक्रिया, समस्या र समाधानका विषयमा पटक–पटक छलफल गरी परिणाम निकाल्नु पर्नेमा जोड दिइन् । सीमा क्षेत्रबाट हुने लागुऔषध ओसार पसार र मानव तस्करीले दुवै देशलाई असर पुर्याउनेतर्फ सचेत हुन आग्रह गर्दै ढकालले आगामी दिनमा दुवै पक्षबीच सूचना आदान प्रदान तथा समस्या समाधानका लागि निरन्तर छलफल गर्न आवश्यक रहेको बताइन् ।
विक्रम वाग्लेले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकास शाखाकी जिवनकला राउत, नेपाल भारत मैत्री संघकी केन्द्रीय सदस्य ज्योति न्यौपाने, मानव अधिकारका लागि एकल महिलाकी अध्यक्ष रेखा अधिकारी, एबिसी नेपालकी जिल्ला सचिव देवीका बस्नेत लगायतले आ–आफ्नो धारणा राखेका थिए । संगीता रौनियारले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको अन्तरक्रियामा पारेकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2एबिसीको अगुवाईमा नेपाल–भारत सीमामा मानव तस्करी तथा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img