Homeसमाचारसबैपालिकामा महिला संघले नारी दिवस मनाउने

सबैपालिकामा महिला संघले नारी दिवस मनाउने

झापा । नेपाल महिला संघ झापाले ११४ औ अन्तर्राष्ट्रिय नारी दिवस १५ वटै पालिकामा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
नेपाल महिला संघ झापाको आज (आइतबार) सम्पन्न बैठकले नारी दिवसलाई पालिकास्तरमा मनाउने निर्णय गर्दै जिल्ला प्रतिनिधि पठाउने निर्णय गरेको सचिब टीका मैनालीले जानकारी दिइन्।
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एव महिला संघ झापाका निवर्तमान अध्यक्ष सुशिला ढकाल, जिल्ला सचिब कृष्ण हुमागार्इ, प्रदेश समिति सदस्य रन्जिता कार्कीसहितको बैठकले महिला सशक्तीकरण, सचेतना अभिबृद्धि, अन्तरक्रिया एवं विविध रचनात्मक कार्यक्रम गरि नारी दिवस मनाउने निर्णय गरेको अर्का सचिब उर्मिला ढकाल पोखरेलले बताइन्।
उनका अनुसार मेचीनगरमा निर्मला कार्की मैनाली, बुद्धशान्तिमा बिष्णु मैनाली उप्रेती, अर्जुनधारामा चन्द्रकला भण्डारी, बिर्तामोडमा भुमादेबी घिमिरे, भद्रपुरमा शर्मिला अधिकारी, कचनकबलमा गिता ओडारी खरेल, हल्दिबारीमा कन्चना सिटौला, बारदशीमा पद्मादेबी उप्रेतीलाई जिल्ला प्रतिनिधि तोकेको छ ।
यसैगरी कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने उद्देश्यले झापामा अनिता के सी, कनकाइमा धनमाया चिमरिया, शिवसतासीमा मिता सिटौला, कमलमा सरस्वती सेढाई, दमकमा मेनुका बुढाथोकी, गौरादहमा इन्दिरा पोखरेल तथा गौरादहमा रिता तामाङलाई जिल्ला प्रतिनिधि तय गरेको छ ।
प्रत्येक बर्षको फागुन २४ (मार्च ८) का दिन अन्तर्राष्ट्रिय नारी दिवस बिश्वभर मनाइन्छ । मुख्य गरि महिलाहरूले आफ्नो अधिकार स्थापना एवं सामाजिक सशक्तीकरण र जनचेतना अभिबृद्धिका लागि यश दिन विविध कार्यक्रम गर्दै आएका छ्न ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसबैपालिकामा महिला संघले नारी दिवस मनाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img