Homeसमाचारविभिन्न विद्यार्थी संगठन त्यागेर नेविसंघमा प्रवेश

विभिन्न विद्यार्थी संगठन त्यागेर नेविसंघमा प्रवेश

दमक १४ फागुन । दमक बहुमुखी क्याम्पसमा अध्ययनरत बिभिन्न बिद्यार्थी संगठनमा आवद्ध २९७ जना बिद्यार्थीहरु नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघमा प्रवेश गरेका छन् । नव प्रवेशी बिद्यार्थीलाई नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आइतबार (आज) आयोजित एक कार्यक्रमका बीच कांग्रेस नेताहरुले स्वागत गरेका छन् ।
नेपाल बिद्यार्थी संघ दमक नगर सभापति बिशाल भण्डारीको अध्यक्षता र कांग्रेस प्रदेश १ सदस्य भूमि राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समाजवादी बिद्यार्थी संघका केन्द्रीय सदस्य सुनिल हताक्सु राई र बिद्यार्थी नेता दिपक मादेनको नेतृत्वमा दमक क्याम्पसमा अध्ययनरत २९७ जना बिद्यार्थी नेविसंघ प्रवेश गरेको कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले जानकारी दिए ।
नव प्रवेसी बिद्यार्थीलाई नेविसंघ झापाका सभापति सञ्जय निरौलाले स्वागत गर्दैे बिद्यार्थीहरु पढाईसंगै राजनैतिक गतिविधीहरुमा पनि जानकार हुनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले भविष्यमा देशको नेतृत्वका लागी अहिले देखिनै बिद्यार्थीहरु राजनितिप्रति सचेत बन्नु पर्ने बताउनु भयो । मुलुक र नागरिकप्रति जिम्मेवार पार्टी कांग्रेसलाई बिद्यार्थीहरुले रोजेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा कांग्रेस प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, पार्टीका झापा जिल्ला उप सभापति शेरबहादुर भट्टराई, संबिधानसभा सदस्य विश्वदिप लिङदेन, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापति रबी केसी न्यौपाने लगायतले विद्यार्थीलाई स्वागत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविभिन्न विद्यार्थी संगठन त्यागेर नेविसंघमा प्रवेश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img