HomeFeatured 2प्रेस सेन्टरकाे झापाकाे अध्यक्षमा राजु

प्रेस सेन्टरकाे झापाकाे अध्यक्षमा राजु

झापा फागुन । प्रेस सेन्टर नेपाल झापाको अध्यक्ष राजु पाठक चयन हुनु भएको छ । प्रेस सेन्टर झापाको ९ औं जिल्ला अधिवेशनबाट उहाँ सर्बसम्वत रुपमा अध्यक्षमा चयन भएको हो । त्यस्तै उपाध्यक्षमा होमप्रकाश अधिकारी, सन्तोष शर्मा र शर्मिला पूरी चयन भएका छन् ।
सचिवमा पुष्प खड्का चयन हुनु भएको छ भने सह सचिवमा सुमित भण्डारी, विरेन्द्र सुब्बा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका हुन् ।
सदस्यहरुमा टिकाराम वास्तोला, दर्पण शर्मा, प्रेम वहादुर तामाङ, रत्न वहादुर वुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिना चयन भएका छन् ।
अधिवेशनको उद्घाटन पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव सुरेन्द्र कुमार कार्की ( पार्थ)ले गरे ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम , नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारमणि सापकोटा, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गाैतम, प्रेस सेन्टरका मोरङ अध्यक्ष विनोद घिमिरे, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, फोनिजकी जिल्ला अध्यक्ष भूमिका सुब्बा, मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्वर वराल, अर्जुनधारा प्रेस क्लवका अध्यक्ष रमेश शमर्दशी राई लगायतले बोलेका थिए ।
प्रेस सेन्टर झापाकी उपाध्यक्ष शुस्मा कुमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उद्धव पूरीले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रेस सेन्टरकाे झापाकाे अध्यक्षमा राजु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img