Homeसमाचारबिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव धेरैको रोजाईमा स्थानीय उत्पादन

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव धेरैको रोजाईमा स्थानीय उत्पादन

झापा फागुन । गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ ।
महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आउनु भएकी बिर्तामोड ५ निवासी अजिशा लिम्बूले घरेलु मदिरा ९लोकल वाइन र रक्सी ० तथा हस्तकलाका सामग्री बढी मन परेको बताइन ।
महोत्सवस्थलमा पहिलो पटक पुगेकी भएको अजिशाले भनिन् – थारु समुदायको मौलिक खानाका परिकार, विभिन्न जात जातिका सांस्कृतिक कार्यक्रम महोत्सवको आकर्षण लाग्यो । यसले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन दुवै हुनेमा म विश्वस्त छु । अझ महिला दिदी बहिनीहरुले आफ्नै हातले सेल रोटी बनाएर बिक्री गरेको देख्दा र खाँदा बेग्लै आनन्द लाग्यो ।
एक रुपैयाँको चिया खाएर एक सय ८० रुपैयाँको चियाको प्याकेट खरिद गरेकी बिर्तामोड ५ निवासी गंगा लुईटेल चियाको प्रशंसक नै बताइन् । मलाई घरमा आवश्यक पर्ने चिया आफन्तबाटै आउँछ तर प्रोत्साहनका लागि भएपनि यहाँ विक्रीका लागि राखिएको दुई प्याकेट चिया खरिद गरेकी छु लुईटेलले भनिन्– हाम्रो ठाउँमा महोत्सव लागेको छ हामीले प्रोत्साहन गर्नु पर्छ । महोत्सव शुरु भएपछि नै जुम्लाको स्याउ खरिद गरेकी उनले आफू जुम्लाको स्याउको फ्यान भएको बताइन। जुम्लाको स्याउ असाध्यै मिठो रहेछ उनले भनिन्– फुजीको स्थाउ भन्दा ५० रुपैयाँ महंगो पर्ला जुम्लाकै स्याउ खानु राम्रो । स्वदेशी उत्पादनलाई नै हामीले प्रोत्साहन गर्नु पर्छ । म त यही स्याउ अबदेखि खोजीखोजी खान्छु – लुँइटेलले भनिन्।
महोत्सवमा सहभागी मध्ये बुद्धशान्ति गाउँपालिका निवासी खगेन्द्र मैनालीले व्यवसायमा महोत्सवले आशा र उर्जा दुवै थपेको बताए ।
महोत्सवमा ब्यापार कति भयो भनेर हिसाव गर्ने भन्दा पनि हामीसंग पछिसम्म हुने गरी कति सेवाग्राही जोडिए भन्ने कुरा महत्वपूर्ण हुन्छ उनले भने– सेवाग्राही जोडिनु व्यवसायीका लागि ठूलो सम्पत्ति हो । यहाँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्मका व्यापारी व्यवसायी उपभोक्तासंग जोडिएका छन् । यो आफैमा खुशीको कुरा हो ।
महोत्सवमा सहभागी मध्ये उनीहरु प्रतिनिधि मात्र हुन् । उनीहरु जस्ता धेरैले महोत्सवको प्रशंसा गरेका छन् । महोत्सवमा बालवालिकादेखि वृद्धवृद्धा समेतको उल्लेख्य सहभागीता रहेने गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव धेरैको रोजाईमा स्थानीय उत्पादन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img